Home » » निर्माता निर्देशकले नै गित चोर्न लगाउँछन् : महेश खड्का

निर्माता निर्देशकले नै गित चोर्न लगाउँछन् : महेश खड्का

Written By ram dhakal on Saturday, February 25, 2012 | 7:26 PM


करिब एक सय जति नेपाली चलचित्र सहित हजारौं नेपाली गीतमा संगीत भरिसकेका संगीतकार महेश खड्काले चलचित्रको संगीत चोरेको भनेर नराम्रोसंग थुर्पै आलोचनाहरु झेल्नु पर्यो । प्राय संचार माध्यमहरुले पनि महेश खड्का चोर संगीतकार भनेर नराम्रो बिल्ला लगाई दिए । हाल चलचित्रमा केही कम संगीत दिएर आधुनिक गीत तथा गजलहरुको संगीतमा सक्रिृय देखिएका खड्काले चलचित्रका संगीत चोरिएको सम्बन्धमा केही सत्य खुलाए । 

महेशले ति सबै आफुद्धारा चोरिएका गीतहरु निर्माता निर्देशकको दबाबमा चोर्नु परेको खुलाएका छन् । मंगलबार सांझ पोखरा आएका खड्काले फिल्मीखबरसँगको कुराकानीका क्रममा निर्माता निर्देशकलाई यस्तो आरोप लगाएका हुन् । आफु संगीतकार भएपछि आफै माथि ओरोप आउँछ भन्ने जान्दा जान्दै आफ्नै सिर्जनालाई मारेर किन चोर्नु भएको त ? भन्ने प्रश्नमा खड्काले भने, ’एग्रिमेन्ट भैसकेपछि उहाँहरुले कपी गर्न लगाउनु हुन्छ र पछि छोड्न पनि नमिलेर बाध्य भएर उहाँहरुले भने जस्तै गर्नु पर्छ ।’

आफ्नै सिर्जना गर्छु अरुको चोर्दिन भन्दा काम नपाईएला भनेर पनि बांच्नको लागी पनि त्यस्तो गर्नु परेको उनको भनाई छ । त्यसो त खड्काले प्राय हिन्दि गीतहरु सुनिरहेको हुनाले पनि कहिले काहीँ तिनिहरुसंग मिल्ने कुरालाई नकारेनन् । यो कुराबाट उनले अप्रत्यक्ष रुपमा कहिलेकाँही आँफैले चोरेको पनि स्वीकार गरे । चलचित्र त्रिबेणी मार्फत पहिलो पटक संगीतकारको रुपमा पाईला सारेका खड्काले पहिलो चलचित्रबाट नै केही स्याबासी र केही गाली पाउनु परेको थियो ।

स्याबासी यस अर्थमा कि उनले 'तिम्रो आँखामामा के छ गाजल गाजल...' बोलको गीत राम्रो बनाएका थिए र धेरैले मन पराएका थिए अनि गाली यस अर्थमा कि त्यसै चलचित्रमा समाबेश गरिएको ‘निष्ठुरी निष्ठुरी मेरो यो माया भो निष्ठुरी...’ बोलको गीत हिन्दी चलचित्र 'राजा हिन्दुस्तानी' को 'परदेशी परदेशी...' भन्ने गीतबाट चोरेका थिए । पहिलो काम त्यसैमाथी चोरीको आरोप लागेपछि त्यतिबेला निकै तनाव भएको यी संगीतकारले बताउँछन् । ‘त्यो गीत चोरीएकै हो’ उनले विगत सम्झिँदै भने, ‘त्यो एउटा नमिठो भुल थियो ।’
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger