Home » » वान डे आर्मीको प्रसारण स्थगित

वान डे आर्मीको प्रसारण स्थगित

Written By ram dhakal on Friday, November 12, 2010 | 5:42 PM


आज बाट प्रसारणमा आउने तयारीमा रहेको टेलिभिजन कार्यक्रम वान डे आर्मी अन्तिम समयमा आएर स्थगित भएको छ ।

चलचित्रका नायक नायिकालाई २४ घण्टा नेपाल आर्मीको व्यारेकमा राखेर यथार्थ परक तरिकाले सुटिङ्ग गरिएको सो कार्यक्रम शुक्रबार बेलुकी साढे सात बजे देखि नेपाल टेलिभिजनको मेट्रो च्यानल एनटिभी प्लस बाट आधा घण्टा प्रसारणमा आउने जानकारी दिएको थियो । फिल्मीखबरलाई दिएको जानकारी अनुसार कार्यक्रम प्रसारण हुने सो समयमा एसियाली खेलकुद को लाईभ नसकिएपछी अन्तिम समयमा आएर कार्यक्रमको प्रसारण स्थगित गरिएको हो ।


प्रत्येक शुक्रबार साँझ साढे सात बजे प्रसारणमा आउने तयारीमा रहेको उक्त कार्यक्रमको पहिलो भाग अब अर्को साता प्रसारण गरिने भएको छ । उक्त कार्यक्रममा प्रत्येक हप्ता एक एक जना हिरो हिरोइनले एक दिनको आर्मी जीवन प्रस्तुत गर्ने कार्यक्रमकी निर्माता अंशु महर्जनले जानकारी दिएकी छिन् । आजको पहिलो शोमा नायक सुमन सिहँले एक दिने आर्मी बनी दर्शकलाई मनरोञ्जन प्रदान गर्ने भनिएपनि कार्यक्रम प्रसारण गर्न नसकिएको अंशुले बताईन् ।

यस्तै सो कार्यक्रमको दोस्रो भागमा नायिका यूना उप्रेती र तेस्रो भागमा नायक राजबल्लभ कोइरालाको एक दिने आर्मी जीवन प्रस्तुत गरिदैछ । नेपालमा पहिलो पटक फरक ढङ्गले निर्माण गरिएको उक्त टेलिभजन शो प्रथम चरणका लागि १२ हप्ताको हुने छ । अंशुको अनुसार दर्शकले उक्त कार्यक्रम मन पर्राईदिएको खण्डमा कार्यक्रमको समयावधि अझ लम्बिने छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger