हाल करिब तीन दर्जन सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'मिस यू' राजधानीका कलंकी, पृथ्वी सहित नेपालगञ्जको शृष्टि हलमा लाग्नेछ । यसैगरी केहि दिनमा हेटौंडा, बिर्तामोड, धरान, बिर्तामोड, लालबन्दीमा पनि चलचित्र लाग्ने छ । खस क्षेत्री समाजले गरेको पूर्व बन्दले गर्दा भने 'मिस यू' लाई केहि घाटा पुर्याउने भएको छ । चलिरहेको हल प्रभावित भएको छ भने भोली शुक्रबारबाट लाग्ने भनिएका हलमा पनि बन्दले गर्दा नलाग्ने भएको छ । मिस यूले एक सातामा नेपालभरबाट करिब ४३ लाख ग्रस जम्मा गर्न सफल भएको छ । यो सफलताबाट युनिट सन्तुष्ट देखिएको छ । दर्शकले चलचित्रलाई रूचाएकाले लगानी सेभ हुनेमा निर्माता दिलिप रायमाझी ढुक्क छन् । भोली कुनै पनि नेपाली चलचित्र रिलिज नहुने भएकाले पनि 'मिस यू' ले राम्रै कलेक्सन हात पार्ने देखिन्छ । यता चलचित्रको राम्रो कलेक्सन आईरहेको पोखराको बाराही हलमा भोली चलचित्रको युनिट पुग्ने भएको छ । चलचित्रको थप पब्लिसिटी गर्न र दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न मिस यू निर्देशक सहितको टोली पोखरा जान लागेको हो । पोखरासँगै युनिट पूर्वी नेपाल पनि जाने कुरा छ । |
'मिस यू' को हल थपियो
Written By ram dhakal on Saturday, February 25, 2012 | 7:27 PM
Labels:
News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment