Home » » आर्यन निशासँग नखेल्ने

आर्यन निशासँग नखेल्ने

Written By ram dhakal on Wednesday, July 6, 2011 | 4:24 PM



छोटो समयमा नै महंगा नायकको रुपमा चिनिएका नायक आर्यन सिक्देलले अब भने नायिका समेत चुज गर्न थालेका छन् । केही समय अघि सम्म निर्देशक र आफ्नो भुमिका चयन गर्ने आर्यनले यस पटक भने नायिका चुज गरेर अर्को रडाको मच्चाएका छन् ।

प्राप्त जानकारी अनुसार मधुसुदन भट्टराईको निर्देशनमा सरद अधिकारीले निर्माण गर्ने भनिएको चलचित्र ब्ल्याक मेलमा उनले नायिकाको छनौट गरेका हुन् । चलचित्रको मुख्य भुमिकामा नायिका निशा अधिकारी र नायक आर्यन सिक्देललाई अभिनय गराउने पक्का भए पनि चलचित्रको सेटिङका क्रममा आर्यनले नायिका निशासंग काम नगर्ने बताएका छन् । निशासंग आफ्नो केमेस्ट्री नमिल्ने बताउदै उनिसंग काम गर्न आर्यन राजी नभएको बताइएको छ ।

नायकको यस्तो भनाई पछि चलचित्रको युनिटले आर्यनलाई नछोड्ने भन्दै यसपटक निशालाई बाइबाइ गरेको छ । सफल नायिकाको पगरी गुथ्दै अगाडी बढिरहेकी नायिका निशाको क्रेज पनि कम्ती छैन चलचित्र क्षेत्रमा । चलचित्रको कथा छानेर मात्र अभिनय गर्ने बताउदै आएकी निशालाई आर्यनले कम आकलन गरे वा हाई आकलन गरेर केमेष्ट्रि मिल्दैन भने त्यो उनै जानुन् तर अमेरीकामा समेत गएर चलचित्रको बारेमा अध्ययन गरेर आएकी निशासंग आर्यन खेल्न नमान्नुको पछाडी निशाको सामु आफू डोमिनेट हुन सक्ने केही चलचित्रकर्मीहरुको अनुमान छ ।

यस भन्दा अघि चलचित्र फष्टलभमा संगै काम गरेको यो जोडीको त्यो चलचित्र सफल चलचित्र हो । चलचित्रकर्मीहरु आर्यनलाई मात्र देवता ठान्दैनन् ता कि उनले जे भन्यो त्यही होस । ब्ल्याक मेलमा आर्यन लिइए पनि अर्को एक चलचित्रबाट भने उनि निकालीएका छन् । सेटिङमा बसिरहेको एक चलचित्रमा पनि आर्यन र निशालाई नै जोडीका रुपमा प्रस्तुत गर्ने बताइए पनि आर्यनको यस्तो भनाइ पछि उनलाई निकालेर निशालाई सुरक्षित गरीएको छ । यता भदौ २५ गतेबाट सुटिङ गर्ने भनिएको चलचित्र ब्ल्याक मेलबाट निशालाई बिदा गरे पछि अहिले नायिकाको खोजी भै रहेको छ भने यता अर्को चलचित्रको युनिटले आर्यनलाई निकालेर नायकको खोजी गरेको बुझिएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger