कुनै पनि चलचित्र प्रदर्शन भएको दिनमा औसत कतिको हाराहारीमा व्यापार गर्ला त ? जस्तो सुकै कथाबस्तुमा झुर चलचित्र बनाए पनि सुरुको दिन त्यो फिल्मले आफ्नो होल्ड ओभर त पुर्याएको हुन्छ तर धरानको गणेश टाकिजमा हिजोबाट प्रदर्शनमा आएको चलचित्र त्यो दस घण्टाले भने पहिलो दिनको ब्यापारमा आफ्नो होल्डओभर पुर्याउन सकेन ।
दैनिक तीन सो प्रदर्शन हुने गणेश टाकिजमा त्यो दस घन्टाको पहिलो दिनको व्यापार सत्र हजारको हाराहारी सिमित बन्न पुग्यो । गणेश टाकिजमा एक दिनको होल्डओभर कर काटेर अठार हजार रहेकोमा चलचित्र त्यो दस घन्टाले त्यो अनुपातको व्यापार गर्न सकेन । कुनै पनि चलचित्रले आफ्नो होल्डओवर पुर्याउन नसक्दा चलचित्र परिवर्तन गर्ने नियम रहेको छ । नियम रहेपनि आजको व्यापार हेर्न चलचित्रलाई प्रदर्शन गरिएको थियो तर आजको व्यापार हिजोको भन्दा निरासा जनक रहेपछि गणेश टाकिजबाट दुई दिनमै चलचित्र उत्रिने भएको छ । त्यो दस घण्टालाई प्रशान्त तामाङ अभिनित अंगालो यो मायाकोले रिप्लेस गर्ने भएको छ ।
चलचित्र समग्र धरानमा दुई दिन अर्थात ४८ घण्टा प्रदर्शन भए पनि सोको आधारमा बिश्लेषण गर्दा १० घण्टा पनि चल्न पाएन । पूर्वका अन्य स्थानका हलमा पनि चलचित्रको व्यापार कमजोर रहेको छ । पाथिभरा हल दमकमा पनि त्यो दस घण्टालाई परिवर्तन गरि प्रीतिको फूल लाइ रिपिट प्रदर्शन गरिएको छ । उता अन्नपूर्ण टाकिज बिर्तामोडमा पनि चलचित्रले सन्तोषजनक व्यवसाय गर्न सकेन । प्रदर्शन हुनु अगाडि नै चलचित्र दस घण्टा पनि चल्न गार्हो हुने अनुमान धेरै समिक्षकहरूको रहेको थियो ।
गणेश टाकिजमा चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले आफ्नो समय र पैसाको बर्बाद चलचित्रले गरेको बताए । चलचित्रको प्रोमो हेरेर फिल्म हेर्न इटहरीबाट धरान आएका रवि श्रेष्ठले चलचित्र आफुलाई अत्याधिक झुर लागेको बताए । चलचित्रको पटकथा, कलाकारको अभिनय, छायांकनका कमजोरी, हतारमा गरिएको काम लगायत धेरै कुरामा चलचित्र चुकेको अधिकांश दर्शकको प्रतिक्रिया थियो । यसरी दर्शकलाई तर्साउने सोचको साथ प्रदर्शनमा आएको चलचित्र हेर्न दर्शक नै हल सम्म नपुग्दा यतिबेला चलचित्रको टिम नै अर्को चलचित्र बनाउन पक्कै तर्सिएको हुनुपर्छ । |
दुई दिनमै उत्रियो त्यो दस घण्टा
Written By ram dhakal on Wednesday, July 6, 2011 | 4:25 PM
Labels:
News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment