आजभोलि हिन्दी फिल्ममा आइटम गीतको बिगबिगी छ । पुरानादेखि नयाँ नायिकाहरुलाई फिल्म निर्माता, निर्देशकहरुले यस्ता सेक्सी गीतहरुमा राम्रै यस्तै होडमा आएकी छिन हलिउड नायिका जेनिफर लोपेजकी कजन सिस्टर कट्रिना लोपेज । कट्रिनालाई चाडै हट आइटमको रुपमा ठूलो पर्दामा देख्न पाइने भएको छ । ‘भिन्दी बजार’ नामक फिल्ममा राखिएको एक आइटम गीतमा उनले आफ्नो अर्धनग्न शरिर नचाउँनेछिन् । हिन्दी बोल्न नजाने पनि कट्रिनाले गीतमा आफ्नो गुलाबी ओठ भने राम्रै चलाएकी छिन् । करियरको खोजिमा भौतारिरहेकी कट्रिनालाई भने यस गीतले कुन उचाई दिने त्यसको अहिलै अनुमान गर्नु हतारो हुनसक्छ ।
हिन्दी बोल्न नजान्ने अर्की कट्रिना कैफले त बलिउडमा नाम र दाम दुबै कमाउन सफल भइन् । तर, हालै बलिउड छिरेकी सेक्सी कट्रिना लोपेजको भाग्यको फैसला भने दर्शकको हातमा ।
No comments:
Post a Comment