Home » » बलिउड छिरिन अर्की कट्रिना

बलिउड छिरिन अर्की कट्रिना

Written By ram dhakal on Sunday, February 6, 2011 | 4:42 PM


आजभोलि हिन्दी फिल्ममा आइटम गीतको बिगबिगी छ । पुरानादेखि नयाँ नायिकाहरुलाई फिल्म निर्माता, निर्देशकहरुले यस्ता सेक्सी गीतहरुमा राम्रै
प्रयोग गरेको छन् । अन्तराष्ट्रिय बजारमा भारतीय फिल्म चर्चित हुनमा आइटम गीतको भूमिकालाई नर्कान सकिन्न । ‘मुन्नी बदनाम हुई’, ‘शिला’ जस्ता गीतहरु हिट भएपछि त झन आइटम गीतले निकै चर्चा पाउन थालेको छ । यसले फिल्म मात्र होइन, गीतमा अभिनय गर्ने मोडेल तथा नृत्यङ्गनाहरुलाई पनि नयाँ नयाँ प्रोजेक्ट हात पार्न मद्दत मिलेको छ ।
यस्तै होडमा आएकी छिन हलिउड नायिका जेनिफर लोपेजकी कजन सिस्टर कट्रिना लोपेज । कट्रिनालाई चाडै हट आइटमको रुपमा ठूलो पर्दामा देख्न पाइने भएको छ । ‘भिन्दी बजार’ नामक फिल्ममा राखिएको एक आइटम गीतमा उनले आफ्नो अर्धनग्न शरिर नचाउँनेछिन् । हिन्दी बोल्न नजाने पनि कट्रिनाले गीतमा आफ्नो गुलाबी ओठ भने राम्रै चलाएकी छिन् । करियरको खोजिमा भौतारिरहेकी कट्रिनालाई भने यस गीतले कुन उचाई दिने त्यसको अहिलै अनुमान गर्नु हतारो हुनसक्छ ।
हिन्दी बोल्न नजान्ने अर्की कट्रिना कैफले त बलिउडमा नाम र दाम दुबै कमाउन सफल भइन् । तर, हालै बलिउड छिरेकी सेक्सी कट्रिना लोपेजको भाग्यको फैसला भने दर्शकको हातमा ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger