आफुले निर्माण गरेको फिल्म ‘कसले चोर्यो मेरो मन’ प्रर्दशन गर्न अष्ट्रेलिया पुगेकी नायिका रेखा थापा पर्थ सिटीमा वस्ने नेपालीहरुले दिएको न्यानो मायाबाट उत्साहित भएकी छन् ।फिल्म देखाएपछि दर्शकले दिएको प्रतिक्रियाबाट रेखा उत्साहित भएकी छन् । उनले भनिन-’पर्थका नेपाली दर्शक एकदमै खुसी हुनुभयो फिल्म हेरेर ।’ पर्थमा पनि कसले चोर्यो मेरो हिट भएको भन्दै रेखाले यसका निर्देशक सविर श्रेष्ठलाई धन्यवाद दिइन् ।
रेखाले अष्ट्रेलियाका अन्य नेपालीबहुल सिटीहरुमा पनि फिल्म देखाउनेछिन् । नयाँ पुस्ताका नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा आफ्नो फिल्म हिट हुनुलाई रेखाले युवापुस्ताको मन जितेको रुपमा लिएकी छन् । रेखाले निर्माण गरेको यो फिल्म नेपालमा पनि औशत ब्यापार गर्न सफल भएको थियो ।
पर्थका नेपाली माझ रेखा थापा
Click To View Large





No comments:
Post a Comment