Home » » कस्तो होला पापी रात ?

कस्तो होला पापी रात ?

Written By ram dhakal on Thursday, February 3, 2011 | 4:15 PM


रहस्यात्मक रातको कथालाई आधार बनाएर नयाँ चलचित्र  पापी रात निर्माण हुने भएको छ ।

 बुधबार ललितपुरको एक स्टूडियोमा मुहूर्त
गरिएको सो चलचित्रलाई जेनिम फिल्मस ब्यानरमा युवराज खत्रीले निर्माण गर्न लागेको हुन भने श्याम केसीले निर्देशन गर्ने भएका छन् । केही टेलिचलचित्र निर्देशन गरिसकेका केसीले पहिलो पटक सो चलचित्र निर्देशन गर्न लागेका हुन । भोली बिहिबारबाट सो चलचित्रको छायाकंन धमाधम हुने छ । चलचित्रमा सुशिल क्षेत्री र सुमिना घिमिरेले मुख्य भूमिका निभाउने भएका छन् ।जोडी भएर पर्दामा देखिन लागेका सुमिना र सुशिलले निर्देशक नारायण पुरीको निर्देशन तथा रमेश बुढाथोकीको क्ल्यापमा मुहूर्त सर्ट दिएका थिए । सो चलचित्रमा रमेश बुढाथोकीले पनि अभिनय गर्दैछन् ।

सोलो हिरोइनको रूपमा सुमिनाको यो फिल्म छैठौ हो । तर उनीद्धारा अभिनिति कुनै पनि चलचित्र डेट का कारण अहिले सम्म रिलिज भएका छैनन् । सो चलचित्रमा शिव ढकालको छायाकंमा आनन्द खत्रीको संगीत साथै गोबिन्द र्राईको नृत्य निर्देशन रहने छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger