Home » » डेस्टिनेशन काठमाण्डू माथि शंका

डेस्टिनेशन काठमाण्डू माथि शंका

Written By ram dhakal on Friday, February 4, 2011 | 3:38 AM


दिपक रायमाझीले निर्देशन गर्ने भनिएको चलचित्र डेस्टिनेशन काठमाण्डू निर्माण अगावै हिरोइन विवादमा फसेको सर्वविदितै छ ।  यस चलचित्रको मुहूर्त गएको पौष ३० गते भब्य रूपमा गरिएको थियो ।
सो मुहूर्त समारोहमा नायिका विवाद छर्लङ्ग देखिएको कुरा फिल्मीखबरले सार्वजनिक पनि गरेको थियो । निर्देशकको रोजाईमा एउटा नायिका, निर्माताको रोजाईको अर्को र प्रोडक्सन डिजाईनरको रोजाईको अर्की नायिका परेकाले सो मुहूर्तमा नायिका विवाद छर्लङ्ग  भै दिदा सञ्चारकर्मीले सो बेला नै फिल्म बन्ने वा नबन्ने भन्ने बारेमा शंका व्यक्त  गरेका थिए ।

यस्तै थप शंका यस चलचित्रमा पुनःदेखिएको छ । सो फिल्ममा निर्देशक दीपक रायमाझीको रोजाईमा सर्वप्रथम अभिनेत्री करिश्मा मानन्धर लिने निर्माण पक्षको योजना थियो जस मुताविक मुहुर्तको निमन्त्रणा पत्रमा पनि करिश्माको फोटो  छापिएको थियो ।  तर अन्तिम समयमा फिल्म यूनिटसँग करिश्माको कुरा नमिलेपछी यूनिटले करिश्मालाई हटाउदै नायिका नन्दिता केसीलाई लिने निर्णय गरेको थियो । तर नन्दिताले फाईनल डिसिजन नदिएपछी यूनिटले  अरुणिमा लम्साललाई हिरोइन हुन आग्रह गरेको थियो । तर सो समयमा अरुणिमाले पनि अन्तिममा  हिरोइन विवाद थाहा पाएपछी फिल्म नखेल्ने यूनिटलाई जानकारी गराएकी थिईन् । फेरी यूनिटले नन्दितालाई आग्रह गर्‍यो र दोस्रो आग्रहमा नन्दिताले खेल्न प्रतिक्रिया दिएपछी उनी फाईनल भईन् र मुहूर्त समारोहमा उपस्थित भएकी थिईन् । तर यूनिटले नन्दितासँग गरेको दोस्रो आग्रह पनि खेर गएको छ । यानकी नन्दिताले सो फिल्ममा नखेल्ने निर्णय गरेकी छिन् । फिल्मीखबरसँग कुराकानी गर्दै नन्दिताले भनिन्, 'जापान जानु पर्ने भएकाले नखेल्ने निर्णय गरेकी हूँ ।' उक्त फिल्मको छायाकंन आगामी फेब्रुअरी चौधबाट सुरू हुने निर्माण पक्षको भनाई छ । तर त्यसको ठीक एक सातापछी नन्दिता जापान उड्दैछिन् ।  

स्तै सो चलचित्रको  मुहूर्तमा नव नायिकाको इन्ट्रोडक्सन गराएकी एलिस कार्कीलाई पनि निर्माता र निर्देशक रायमाझीले हटाएका छन् । उनको बदलामा शुभेच्छा थापालाई खेलाउने यूनिटले तयारी समेत गरेको छ । जस अनुरूप शुभेच्छाले केही दिनअघि यूनिटसँग एग्रीमेन्ट समेत गरेकी छिन् । तर सो फिल्मको मुहूर्त समारोहमा शुभेच्छा  पनि हिरोइनमा आफ्नो नाम आउने  पालो पर्खेर बसेकी थिईन् ।  मुहूर्तमा शुभेच्छालाई नबोलाएर एलिसलाई युनिटले नवनायिका घोषणा गरेपछी उनी निराश भएर घर फर्किएकी थिईन् । एलिस प्रोडक्सन पक्षबाट झिकाईएकी थिईन् ।  उनलाई निर्माताहरूले पनि सपोट गरेका थिए तर अन्तिममा उनको स्थानमा शुभेच्छालाई  लिईएको हो ।

नेपालको पहिलो महिला प्रोडक्सन डिजाईनरको छवि यस चलचित्रबाट बनाउने तयारी समेत गरेकी अभिनेत्री सुषमा कार्कीले लाई फिल्मीखबरले केही प्रश्न गर्दा उनले हिरोइनका कारण केही विवाद भएको स्वीकारेकी छिन् तर सोह विवादकै कारण फिल्म नबन्ने भन्ने बारेमा उनी मान्न तयार छैनन् । ताल परे निर्देशकनै परिवर्तन गर्न पछि नहट्ने उनको मौन भनाई छ । जे होस निर्माण अगावै हिरोइन विवादमा फसेपनि फिल्मको छायाकंन पुरा होस शुभकामना !
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger