Home » » बुझ्न सकिएन नवनायिकाको चाला

बुझ्न सकिएन नवनायिकाको चाला

Written By ram dhakal on Thursday, February 3, 2011 | 4:15 PM

भनिन्छ मानिसले अरूको मन जित्नु छ भने उसले पहिलो भेटमै आकर्षक  कुरा गर्छ वा त्यही किसिमको ब्यक्तित्व मानिसहरूको अगाडी देखाउछ । तर सोही  मानिसले पहिलो भेटमा
भिन्न प्रकृतिको  ब्यबहार देखाउछ भने अवश्य पनि ती कुराहरू अपाच्य बन्न सक्छ ।

यस्तै भयो हिजो बुधबारको प्रेस शोमा जहाँ चलचित्र स्वरको विशेष प्रदर्शनी भएको थियो । ग्रयाण्ड प्रदर्शन भनि बेलुकी ठीक पाँच सो चलचित्रको टिमले सञ्चारकर्मी र चलचित्रकर्मीलाई फिल्म हेर्न जय नेपालहलमा निम्ता   दिएको थियो । जस अनुरूप ठीक ६ बजे सवैको उपस्थितिमा उक्त टिमले फिल्म स्क्रिनिङ गर्ने योजना बनाएको थियो । तर योजना अनुरूप सोही चलचित्रका नायिका त्रय केकी अधिकारी, रिमा विश्कर्मा तथा बेनिषा हमालको निकै ढिला उपस्थितिले  फिल्म शो निर्धारित समय भन्दा ठीक ४२ मिनेटपश्चात  अर्थात ६ बजेर ४२ मिनेट हुदा स्क्रिनिङ गरिएको थियो  ।

पहिलो चलचित्रको प्रिमियरमा भब्य पहिरनमा आउन  कुन चाहि कलाकारलाई रहर हुदैनर  ?  जस अनुरूप सोही चलचित्रका नायिका त्रयले यिति धेरै मेकअप गरेछन्की उनीहरूलाई दिएको समय नाघेको अत्तोपत्तो भएनछ् । सोही चलचित्रका मुख्य नायक राजबल्लभ कोइराला  निर्देशक प्रसन्न पौडेल सहित आफ्ना तीन जना निर्माताहरूसँग पाँच बजेनै सिनेमा भवनमा उपस्थित  भएका थिए । तर चलचित्रका मुख्य नायिकाहरू समयमा  उपस्थित नभैदिदा सञ्चारकर्मीको विभिन्न प्रश्नमा निर्देशक पौडेल निकै तनावमा देखिएका थिए ।  अहिले आउलान भरे आउलान भन्दै हिरोइन कुर्दा  निर्देशक पौडेल र सो चलचित्रका निर्माता त्रयको छटपर्टाई सो प्रिमिरको प्राङ्गणमा स्पष्ट देखिएको थियो ।

  'तिमिहरू कहाँ आईपुग्यौ ?'  भनी प्रसन्नले नायिकाहरूलाई प्रत्येक मिनेटमा फोन गर्थे तर मेकअपमा लठ्ठ भएका हेरोईनहरूको सानो आश्वासनले पौडेल रिसले मुर्मुरिदै फोन राख्न बाध्य हुन्थे । यसै समाचारलाई फलो गर्दै फिल्मीखबरले ठीक सवाँ ६ बजे नायिका त्रय मध्येकी एकलाई फोन सर्म्पर्क गर्दा  उनले  डिल्लीबजारमा आईपुगेकी प्रतिक्रिया दिएका थिइन् ।

अनन्तत् ठीक साढे ६ बजे उनीहरूको उपस्थिति भयो जयनेपाल प्राङ्गगणमा जहाँ चिसो मौसममा गर्मीको जस्तै पहिरन, त्रय मध्येकी दुई नायिकाले लगाएको देख्दा सञ्चारकर्मी निकै अचम्ममा परेका थिए । तर ढिला उपस्थित भएका कारण तीनीहरूको पहिरनलाई अन्य पाहुनाले स्क्रिनिङ अगाडी देख्न पाएनन् । माघ १९ गतेको साझ निकै जाडो थियो तर शरिरमा लगाउने ज्याकेटलाई हातमा भिरेर सो चलचित्रका दुई नायिका रिमा विश्वकर्मा र बेनिषा हमालको बहादुरी  इन्ट्रीमा केकी अधिकारी  पनि मुछिएकी थिईन्,  किनकी उनीहरूसँगै केकी पनि थिईन् । निकै राम्रो सम्भावना बोकेकी केकी मौसम अनुकुलको पहिरनमा   भएकाले  उनी आलोचनाको पात्र बनिन् ।

उसैत समयको ख्याल नगरी आफ्नो पहिलो प्रिमियरमा ढिला उपस्थित भएका यि नव नायिकाको तालले के संकेत गर्छ ?  समयको ख्याल नभएको हो वा माघको मध्य जाडोमा आफ्नो ग्ल्यामार शरिर देखाउने रहर उनीहरूलाई भएको हो  ? बुझ्न सकिएन नवनायिकाको चाला .......
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger