गएको तीन महिनामा मात्र करबि ५ करोड ६५ लाख रुपियाँको १ लाख ५७ हजार किलो सुर्तीजन्य गुट्खा मसला काठमाडौँको त्रिभुवन विमानस्थलबाट हवाई मार्ग हुँदै निर्यात भएछ। हवाई रुट हुँदै निर्यात हुने बस्तुहरूमा सुर्तीजन्य पानमसला गुट्खाले सबैलाई उछिनेको तथ्यांक हो। जबकि, गलैँचा, गार्मेन्ट, अदुवा, हस्तकलाका सामान नेपालबाट निर्यात हुने प्रमुख बस्तुमा गनिँदै आएका छन्।
यो त तीन महिनाको तथ्यांक मात्र हो। भन्सार विभाग स्रोतका अनुसार दुई वर्षदेखि गुट्खाको निकासी बढ्ने क्रममा छ। मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स -यूएई), कतार, बहराइनलगायतका मुलुकमा गुट्खाजस्ता पानमसलाहरूको उच्च माग रहेको छ।
विमानस्थल भन्सार गोदाममा देखिने सुर्तीजन्य गुट्खा प्याक गरएिका बोराको रासबाटै पनि नेपालबाट हुने निर्यातको अनुमान लगाउन सकिन्छ। गुट्खाको पछिल्लो लट अफगानिस्तान लगिएको छ। एउटा कार्गो कम्पनीले करबि चार लाख अमेरकिी डलर -३ करोड २० लाख रुपियाँ)को गुट्खा जेट एयरवेजबाट दिल्ली हुँदै अफगानिस्तान निर्यात गर्ने ठेक्का पाएको स्रोत बताउँछ। विगत तीन महिनामा श्री मिनाक्षी शिवशक्ति, गणपति, अनुष्का, जीएम, पराग, मूलचन्द, सदाबहादर ब्रान्डका गुट्खा नेपालबाट निकासी भएका छन्।
पहिले भने भारतबाटै गुट्खाको निर्यात हुने गरेकामा त्यहाँको सर्वोच्च अदालतले १ अपि्रल २०११ देखि प्लास्टिक खोलमा प्याक गरएिका सुर्ती र गुट्खाको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाएपछि भने नेपालको बाटो हुँदै गुट्खाको निकासी सुरु भएको हो। नेपालमा चाहिँ गुट्खा र सुर्तीमा त्यस्तो प्रतिबन्धात्मक व्यवस्था छैन। नेपालमा उत्पादन गर्न पाइने र यहाँको उत्पादन भएपछि निकासीमा भन्सार पनि तिर्न नपर्ने भएकाले गुट्खा कम्पनीहरूले नेपाललाई 'ट्रान्जिट प्वाइन्ट' बनाउँदै गुट्खा तेस्रो मुलुक निर्यात गररिहेका छन्।
त्यसो त नेपालका उद्योगबाट उत्पादित गुट्खाको भारतमा पनि राम्रै बजार छ। तर, वैधानिक बाटोबाट निकासी गर्न नपाइने भएपछि चोरी तस्करीमार्फत गुट्खा भारत जाने गरेको स्रोत बताउँछ। भारतको ठूलो बजार र विदेश निर्यातको सम्भावनालाई देखेर गुट्खा उत्पादनमा नाम चलेका ब्रान्डहरूले पनि नेपालमा उद्योग खोल्न चासो देखाएका छन्। उदाहरणका लागि भारतको गोवा गुट्खाले वीरगन्जबाट आफ्नो उत्पादन सुरु गरसिकेको छ भने अर्को ब्रान्ड सरदारको विराटनगरबाट उत्पादन सुरु गरएिको छ। त्यसका अतिरत्तिm कुवेर, रौनक, संसार ब्रान्डका गुट्खा पनि नेपालबाट उत्पादन हुन थालेका छन्। साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायर्मेन्ट -सावती)का रत्नाकर अधिकारी भने कानुनले नरोकेसम्म सुर्ती, चुरोट र रक्सीजन्य बस्तुको निर्यात रोक्न सम्भव नभएको बताउँछन्। भन्छन्, "नीतिगत परविर्तन नल्याएसम्म कुनै पनि बस्तुको निर्यातमा रोक लगाउन पाइँदैन। तर, आन्तरकि रूपमा प्रतिबन्ध लगाइएका बस्तुहरूको अन्य मुलुकमा निर्यात गरनिु नैतिक रूपमा राम्रो मानिँदैन।"
कागजमा पोको पारएिका गुट्खालगायतका उत्पादन एक सातापछि पूर्ववत् गुणस्तरमा नरहे पनि जोखिम भएका कारण हुनसक्छ, भारतीय सर्वोच्च अदालतको निर्णयपछि त्यहाँका ठूला र नाम चलेका गुट्खा कम्पनीले समेत वीरगन्ज, विराटनगर, भैरहवा, तौलिहवा, झापालगायतका सीमावर्ती क्षेत्रमा उद्योग खोलेका छन्। देशभरका ८३ वटा गुट्खा कम्पनी आन्तरकि राजस्व कार्यालयमा सूचीकृत छन्। गुट्खा कम्पनीहरूको संख्या यकिन भए पनि आन्तरकि राजस्व विभागसँग गुट्खा कम्पनीहरूले कति राजस्व तिर्छन् भन्ने तथ्यांक छैन। त्यसमाथि अवैध बाटोबाट भित्रिने यस्ता बस्तुहरूको त कुनै हिसाबकिताब नै छैन।
कतिपय गुट्खा कम्पनीले भारतका चर्चित ब्रान्डको प्रयोग गरेर नेपालमा उत्पादन गर्ने गरेका छन्। सर्लाहीको एउटा कम्पनीले भारतको चर्चित ब्रान्ड कोठारीको प्रयोग गरेको छ। सरकारले यसतर्फ ध्यान नपुर्याउने हो भने विश्व स्वास्थ्य संगठनलगायतले भोलिका दिनमा नेपालमाथि नै प्रश्न उठाउने छन्।
नेपालमै उत्पादन हुन थालेपछि भने व्यापारीहरूले वैध बाटोबाटै यसको निकासी गर्न थालेका छन्। नेपालमै उत्पादित बस्तुको निकासीमा भन्सार तिर्नुपर्दैन। प्रत्येक प्रज्ञापनपत्रको ५ सय ६५ रुपियाँ मात्र तिरे पुग्छ। एक किलो वा एक कन्टेनर जुनसुकै मात्रामा निकासी गरे पनि त्यति दस्तुर तिरेर प्रज्ञापनपत्र भरे पुग्छ।
मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरू पनि गुट्खाका सम्भाव्य ग्राहक हुन्। आफूलाई पनि हुने र साथीभाइलाई समेत चर्को मूल्यमा बेच्न पाइने भएकाले हुनसक्छ, कतिपय नेपालीले रोजगारका लागि जाँदा आफूसँगै गुट्खा र खैनीका पोका बनाएर लाने गरेका छन्। तर, उनीहरूलाई रोजगारदाता मुलुकले सुर्तीजन्य बस्तुको सेवन र बिक्रीवितरणमा अपनाउँदै गएको कडा नीतिका बारेमा भने हेक्का रहेको पाइँदैन। कतिपय खाडी मुलुकले कार्यस्थलमा कामदारबाट पानमसला, पराग, गुट्खाजस्ता बस्तु फेला परेमा २० वर्ष जेल वा मृत्युदण्डसमेत दिन सक्ने नीति बनाएको छ। जस्तो ः यूएईमा यस्तै कानुनी प्रावधान छ।
गुट्खासँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष कानुन पनि हो। सरकारले व्यावहारकि रूपमा २२ साउन ०६८ देखि सार्वजनिक स्थलमा धूमपान सेवन तथा बिक्रीवितरण गर्न नपाइने कानुन लागू गरे पनि सार्वजनिक स्थलमा गुट्खालगायतका सुर्तीजन्य बस्तुको निर्बाध कारोबार हुँदै आएको छ। व्यक्तिगत सेवनको त कुरै भएन, सरकारले लागू गरेको कानुन अनुसार अरूलाई हानि हुने गरी निजी घरमा र सार्वजनिक स्थलमा चुरोट र सुर्ती सेवन गर्ने सजायको भागीदार हुनेछ। सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार सार्वजनिक स्थलको एक सय मिटर आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण गरेको पाइएमा स्थानीय प्रशासनले एक सयदेखि एक लाख रुपियाँसम्म जरविाना गर्न सक्नेछ। ऐनले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीलगायतका पदार्थलाई सुर्तीजन्य बस्तुको सूचीमा राखेको छ।
खुलमखुला बेचबिखन भइरहँदासमेत सरकार पूरै मूकदर्शक बनेको देखेर नै होला, खाडीका विभिन्न मुलुकमा नेपालमै उत्पादित गुट्खाको निर्यात पनि बढ्दो छ। विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तावित सुर्तीविरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धिमा नेपालले पनि हस्ताक्षर गरसिकेको छ।
गुट्खा र खैनीमा करबि तीन हजार प्रकारको रसायन पदार्थ हुने विभिन्न अनुसन्धानले देखाएका छन्। ती रसायनहरूका कारण मानिसमा अन्न नली, घाँटी, कलेजो, पेट, मिर्गौला र फोक्सोको क्यान्सरको जोखिम हुन्छ। मानव स्वास्थ्यमा पर्नसक्ने यस्ता प्रतिकूल प्रभावकै कारण हुनसक्छ, भारत सरकारले करबि आठ हजार करोडको उद्योग भएर पनि गुट्खा र सुर्तीजन्य तयारी खाद्यबस्तुमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गररिहेको छ। भारत सरकारको यो अग्रसरतामा त्यहाँका राज्य सरकारहरूले पनि साथ दिँदैछन्। त्यसक्रममा १९ चैतदेखि मध्यप्रदेश सरकारले राज्यभर िनै गुट्खामा पूर्ण प्रतिबन्ध लगाइसकेको छ। तर, नेपालमा कानुन हुँदाहुँदै पनि यसप्रति सम्बन्धित निकायहरू पूरै बेखबर देखिन्छन्।
सीमामा बढ्दो कारोबार
भारतमा प्लास्टिकको खोलमा प्याक गरी उत्पादन भइरहेका गुट्खाजन्य पदार्थमा रोक लागेपछि वीरगन्जलगायत मुलुकका सीमावर्ती सहरमा यसको कारोबार बढेको छ। भारतमा सुर्तीजन्य पदार्थको उत्पादनमा कडाइ गरएिपछि व्यवसायीले नेपालको सीमावर्ती सहरमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतको चर्चित गोवा गुट्खाले केही दिनभित्रै वीरगन्जबाटै उत्पादन गर्ने अन्तिम तयारी गररिहेको छ। भारतकै सरदार गुट्खाले विराटनगरमा उद्योग सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै अन्तर्राष्ट्रिय ब्रान्ड कुवेर केही दिनमै सञ्चालनमा आउँदै छ। व्यवसायीले भारतमै उत्पादन गर्दै आएका गुट्खा यहाँ पनि त्यही नामले दर्ता गरी उत्पादन थालेका छन्। पारस, पिंकी, आहा, कमल, मधु, शिखर, निधि, पान किङ्, ट्वान्टी ट्वान्टी, पुकार, भोलालगायतका दुई दर्जन स्वदेशी उद्योगसमेत सञ्चालनमा छन्। बाराको नितनपुर, छातापिपरा, पर्साको बहुअर्वाभटा, आदर्शनगर, श्रीपुर र उपमहानगरपालिकाभित्र यस्ता कम्पनी सञ्चालनमा आएका छन्। सहरभित्र पनि व्यापारीहरू आफ्ना गोदाममा अवैध तरकिाले प्याकिङ्को काम गर्छन्। गुट्खाका लागि सुपारी, सुकमेल, जर्दा, कत्थालगायतका कच्चा पदार्थ भारतबाटै ल्याइन्छ। दर्ताबिना नै गैरकानुनी तरकिाले गोदाममा गुट्खा प्याकिङ् गर्ने व्यापारीले कर छलेका छन्। २२ वटा व्यापारीले गुट्खाको कारोबार गर्ने लाइसेन्स प्राप्त गरे पनि अधिकांशले कर विवरण नबुझाएको आन्तरकि राजस्व कार्यालय वीरगन्जका एक अधिकारी बताउँछन्। चालू आर्थिक वर्षको फागुन महिनासम्म गुट्खा कम्पनीले जम्मा ३ लाख ७५ हजार रुपियाँ आयकर बुझाएको रेकर्ड वीरगन्ज राजस्वसँग छ।
- भूषण यादव/वीरगन्ज
बजार-संक्षेप
नानो शून्य फाइनान्समा
सस्तो र सानो भनिएको कार नानो किन्नेले शून्य प्रतिशत फाइनान्स सुविधा पाउने भएका छन्। मासिक न्यूनतम ६ हजार ९ सय रुपियाँमा ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। यो योजना नानो एसटीडी, नानो सीएक्स र नानो एलएक्समा लागू हुने नानोका आधिकारकि बिक्रेता सिप्रदी ट्रेडिङ्ले जनाएको छ। उपत्यकाभित्रका ग्राहकहरूका लागि यो योजना ३० अपि्रलसम्म लागू हुनेछ। सीजीको सरप्राइज उपहार
सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्षको उपलक्ष्यमा एलजीको सामानमा 'एलजी हातैमा सियरप्राइज, प्राइजमा सरप्राइज' नामक उपहार योजना ल्याएको छ। यस योजना अन्तर्गत कुनै पनि एलजी सामानको खरदिमा ग्राहकले कुपन स्क्र्याच गरी तुरुन्त उपहार पाउनेछन्, जसमा एलजीको ४२ इन्च थ्रीडी स्मार्ट टीभीमा एलजीका सामानका साथै सुन र चाँदीका सिक्का प्राप्त गर्न सकिनेछ। ३२ इन्चको एलसीडी एलईडी टीभीको खरदिमा एलजी डीभीडी वा सीजी मोबाइल र स्क्र्याच कुपन पाउनेछन्। त्यस्तै, ४७ र ५५ इन्चको थ्रीडी स्मार्ट टीभी किन्दा एलजीको होम थिएटर पाउने कम्पनीले जनाएको छ।
जोनी वाकर डबल ब्ल्याक
बिक्रेता ग्लोबल ट्रेडिङ् कन्सर्नले जोनी वाकर ब्ल्याक लेबलकै ब्लेन्डेड स्कच हि्वस्कीको विशेषतायुक्त जोनी वाकर डबल ब्ल्याकको बिक्री थालेको छ। यो हि्वस्कीले जोनी वाकर स्कच हि्वस्कीको स्वादलाई मन पराइसकेका तर अझ उत्कृष्ट स्वाद लिन चाहनेलाई आकषिर्त गर्ने कम्पनीको दाबी छ। डबल ब्ल्याकमा पश्चिमी स्कटल्यान्डका डिस्टिलरीबाट मगाइएका हि्वस्कीको प्रयोग गरएिको छ। एक लिटरको जोनी वाकर डबल ब्ल्याकको प्याकेजिङ्मा धूवाँ प्रतिविम्बित हुने गरी अनुपम रंग संयोजन गरएिको छ। यो युरोपमा चर्चित हि्वस्की हो।
दमास ज्वेलरीको नयाँ सोरुम
दमास ज्वेलरीले काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण कफी सपको नजिकै सुविधासम्पन्न आकर्षक सोरुम खोलेको छ। सोरुममा प्राकृतिक र रंगीन पत्थर तथा हीरा राखिएका छन्। सोरुममा पाइने ज्वेलरी 'ए' ग्रेडको रहेको कम्पनीले दाबी गरेको छ। नयाँ सोरुमले होम डेलिभरीको सुविधासमेत सुरु गरेको छ।
No comments:
Post a Comment