Home » » बजार सुध्रिदा पनि नाफा छैन

बजार सुध्रिदा पनि नाफा छैन

Written By ram dhakal on Saturday, February 25, 2012 | 7:21 PM



एघारौ महिनामा आएर सिनेमाको ब्यापारमा सुधारको संकेत देखिएको छ । नयाँ कन्सेप्ट सहितका सिनेमा निर्माण भैदिंदा र युवा दर्शक नेपाली फिल्म प्रति आकर्षित भैदिंदा विग्रिएको सिने उद्योगमा उत्साह थपिएको छ ।

दशौ महिनाको सुरूवातबाट लुटले सिने बजारमा तहल्का मच्चाईदिंदा अहिले लुट पछि रिलिज भएको चलचित्रका निर्माता निर्देशकहरू केही हर्षित बनेका छन् । राम्रा सिनेमा निर्माण भईदिंदा समेत दर्शक हलसम्म नगएको अवस्थामा लुटबाट पुनः सुरू भएको दर्शक हल जाने प्रक्रियाले खस्किएको उद्योगमा राहत मिलेको छ । लुटले साढे दुई करोडको छेकोमा गस्र बटुलेको अवस्थामा त्यस पछाडीका सिनेमाले पनि आफूलाई कलेक्सनमा अब्बल तुल्याई रहेको छन् ।

राजधानीका १६ वटा सिनेमा घरमा मात्र रिलिज भएको काठमाण्डूले तीन साताको रिलिजबाट ६५ लाख ग्रस मार्क गर्‍यो भने फाल्गुन ५ गतेदेखि मोफसलका दाङ र पोखरा लगायतका स्थानमा  पनि रिलिज हुदै कलेक्सनको दौडधुपमा आफूलाई अब्बल तुल्याउने प्रयास गरेको छ । यस्तै माघ २७ गते देखि रिलिज भएको आई एम सरीले दुई  सातामा १ करोड ५८ लाख ग्रस मार्क गरेको छ । डेढ करोडको बजेटमा निर्मित यो सिनेमाको उक्त ग्रसबाट प्रोड्यूसरको हातमा ५५ लाख लगानी उठ्ने देखिन्छ  ।

आई एम सरीले तेस्रो साताको रनिङमा पनि दर्शक तान्न सफल भैरहेको छ । विशेषत युवा दर्शक आकर्षित बनेको यो सिनेमाले मोफसलका विभिन्न हलमा कलेक्सनमा रेकर्ड राखेको खबर आईरहेका छन् । खस्किएको नेपाली सिनेमाको मार्केटमा यस किसिमको व्यापार हुनु उत्साहजनक हो तर निर्माता सेभ हुनलाई आई एम सरीले तीन करोडको ग्रस बिजनेस गर्नु पर्ने देखिन्छ । यध्यपी डिभीडी राईटबाट पाँच लाख र ओभरसिज मार्केटबाट निर्माताले अझै बिजनेस गर्नु पर्ने अवस्थामा हुदा यो सिनेमालाई पनि एक हदसम्म सफल मान्नु पर्ने हुन्छ ।
 
दशौं महिनाको अवधिमा ६९ सिनेमा रिलिज हुँदा कुनै पनि निर्माताको गोजी भरिएको थिएन तर लो बजेटको उत्कृष्ट मेकिङको सिनेमा लुट मात्र त्यस्तो सिनेमा बन्यो जो नाफामा छ । तर लुट पछीका मेघा बजेटका काठमाण्डू, आई एम सरीको कलेक्सन उत्साह जनक भएपनि सिनेमा रिलिजको भिडमा फागुन पाँच देखि थप तीन सिनेमा मायाको बारीमा, मिस यु र मजबुर रिलिज भैदिदा सिनेमाको एक अर्काको कलेक्सनमा चुनौती थपिएपछी सम्भावना हुँदा हुँदै पनि सिनेमा घाटामा रहने अवस्था देखिन्छ । शिवाय लुट...
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger