गत फेब्रुअरी १० तारिखका दिन गरिएको 'मिस यू' को प्रिमियर जति सफल भएको थियो त्यति नै सफल हिजो शुक्रबार प्रदर्शन गरिएको चलचित्र 'दशगजा' पनि भयो । कतारको दोहा स्थित गल्फ हलमा बिहान र दिउँसो गरी गरिएको दुई शो नै सफलताका साथ प्रदर्शन भएको थियो । यसरी लगातार प्रदर्शन भएका दुई चलचित्रले सफलता पाए पछि कतारका आयोजकहरू निकै हौसिएका छन् । निर्माता नवल खड्काको उपस्थितीमा गरिएको सो चलचित्रको प्रदर्शनमा दुई शो गरि करिब १६ सय दर्शक उपस्थित रहेको पाईयो । यति धेरै दर्शकले चलचित्र हेरेपछि निर्माता खड्का अहिले निकै दंगिएका छन् । खड्का भन्दै थिए, 'मैले अझ राम्रो सँग मार्केटिङ गर्न सकिन नत्र दर्शकको त ओइरो नै लाग्ने रहेछ ।' राम्रो कथाबस्तुमा चलचित्र बनाएकाले पनि दर्शकले चासो दिएको उनको भनाई थियो । ![]() चलचित्रको सफलता देखेर आयोजक टिमका सुदन थापा पनि खुसी छन् । उनी भन्छन्, 'यति धेरै दर्शक आउलान् भनेर सोचेको पनि थिईन । कार्यक्रम सफल भएकोमा म निकै खुसी छु ।' चलचित्र 'दशगजा' लाई खोटाङ सेवा समाजको सहयोगमा सुदन थापाले नै प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । यसैगरी आगामी बिकाश आचार्यको चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शन हुँदैछ भने त्यसपछि उदय सुब्बाको 'बधाई छ तिमीलाई' प्रदर्शन हुनेछ । त्यसैगरी मार्चको अन्तिममा लूट प्रदर्शन हुनेछ र अप्रिल महिनाको शुरूमा के म तिम्रो साथी बन्न सक्छु प्रदर्शन हुने भएको छ । यसरी हेर्दा लाग्छ अब कतारमा हरेक शुक्रबार एउटा नेपाली चलचित्र नियमित प्रदर्शन हुनेछ । |
कतारमा दशगजाको सफल प्रदर्शन
Written By ram dhakal on Saturday, February 25, 2012 | 7:21 PM
Labels:
News
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment