Home » » 'राजेश हमाल बाहेक अरु कोही चिन्दिन ' : संयूक्ता राणा

'राजेश हमाल बाहेक अरु कोही चिन्दिन ' : संयूक्ता राणा

Written By ram dhakal on Saturday, February 25, 2012 | 7:28 PM


अचानक नेपाली सिनेमा उद्योगमा भित्रिएकी अभिनेत्री संयूक्ता राणाले राजेश हमाल बाहेक अरू कुनै सिने सेलिब्रेटीलाई आफूलाई नचिन्ने बताएकी छिन् । शुक्रबार चलचित्र काठमाण्ठूले आयोजना गरेको प्रेस मिटमा भेटिएकी राणाले फिल्मीखबरको विविध जिज्ञासामा भनिन्, 'म राजेश हमाल बाहेक अरू कसैलाई चिन्दिन ।'

चलचित्र काठमाण्डू मार्फत सिने कलाकारको ट्याग भिरेकी डिउटी फ्रि ब्यावसायी राणाले राजेश हमालसंग एउटा म्यूजिक भिडियो खेलेकी थिईन् जुन उनको फष्ट क्यामेरा फेस थियो । हमालसंगको पहिलो भेटबाट उनको आनिबानी र पर्सनालिटीले मात खाएकी राणाले मौका मिले हमालको अपोजिटमा फिल्म खेल्न आफू तयार रहेको समेत बताईन् । राजेश हमाल बाहेक अरू कुन हिरोहरूसंग अपोजिटमा खेल्न मन छ ? भन्ने प्रश्नमा उनले कुनै पनि हिरोहरूको नाम लिन सकिनन् ।

यति सम्मकी काठमाण्डूमा उनको अपोजिटमा खेलेका अर्जुन श्रेष्ठको नाम समेत उनले भन्न सकिनन् । 'म कुन दुनियाँको मान्छे कुन दुनियाँमा आए त्यसैले आर्टिष्ट चिन्न मलाई धेरै समय लाग्छ', उनले भनिन् । संयुक्ताले काठमाण्डूका निर्देशक आकाश अधिकारी, संगितकार राहुल प्रधान बाहेक अरूको नाम लिन सकिनन् । सिनेमा भित्र उनको साथीको भूमिकामा खेलेका सुनिल दत्त पाण्डेको नाम उच्चरण गर्न समेत उनलाई गाहो पर्‍यो ।

राजेश हमालसँगको उनको एक भेटाई उनका लागि अविस्मरणीय बनेर बसेको उनका विविध उत्तरहरूले छर्लङ्ग पार्थे । जसरी कृष्णजीसँग गोपीनीहरू आकर्षित हुन्थे त्यसैगरी उनी हमालको मुक्त कण्ठले प्रशंशा गर्थिन् । संयूक्ताले राजेश हमाल जस्तो अभिनय गर्न सक्ने अरू कलाकार समेत नरहेको अठोटका साथ ब्यक्त गरिन् । उनले भनिन्, 'राजेश हमाल जस्तो राम्रो  एक्टिङ गर्ने कलाकार मलाई थाहा छैन ।' भुवन केसी, करिश्मा मानन्धर लगायतका केही चर्चित कलाकारहरूको नाम थाहाँ छ भनी प्रश्न गर्दा  उनले टाउको कन्याईन् ।
 
काठमाण्डूमा उनले गरेको अभिनय पहिलो जस्तो नभए पनि अहिले उनी सिने बृत्तमा सम्भावना बोकेकी अभिनेत्रीको रूपमा परिचित छिन् । काठमाण्डू हेरेरै उनलाई चार जना निर्माताले हिरोईनमा फिल्म खेल्ने प्रस्ताव गरे तर खोजे जस्तो क्यारेक्टर  स्क्रिप्टमा नभेटेपछी उनले सिनेमा रिजेक्ट गरेको बताईन् ।

यस्तै काठमाण्डूको भोजपुरी राईट हस्तान्तरणको माहोलमा उनको अभिनयबाट प्रभावित भएपछी भोजपुरी वितरकको टिमबाट आफ्नो सिनेमामा खेल्न उनलाई अन द स्पट अप्रोच आएको थियो तर उनले उक्त प्रस्ताव सोही खबत रिजेक्ट गरिदिईन् । उनले भनिन्, 'म स्ट्रङ क्यारेक्टरमा खेल्न चाहन्छु । हावाको भरमा यो लाईनमा आउदा मेरो कामको तारिफ राम्रो भएकाले अब मलाई पनि यो पेशाले तानको छ । तर आर्टिष्ट नचिनेको प्रसङ्गलाई हाईलाईट नगर्नु होला ।' 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger