Home » » दमौलीमा पल

दमौलीमा पल

Written By ram dhakal on Wednesday, July 6, 2011 | 4:23 PM



नेपाली कथानक चलचित्र पलको असार २४ गते शुक्रबार दमौलीमा विशेष प्रदर्शनी गरिने भएको छ । व्यास नगर जेसीजले चलचित्र पलको दमौली स्थित उत्तरशीला चलचित्र मन्दिरमा विशेष प्रदर्शनी गर्न लागेको हो ।


मानिस भित्र भएका नकरात्मक सोचलाई हटाई सकरात्मक सोचको विकास गर्ने उद्देश्यले चलचित्र पल निर्माण भएकोले नेपाल जेसीजले चलचित्र पलको देशभर विशेष प्रदर्शन गर्न लागेको हो । चलचित्र प्रदर्शनबाट संकलित रकमबाट जेसीजले विभिन्न नेतृत्व मुलक तालिम सञ्चालन गर्ने भएको छ । जेसीजसँग आफ्नै कोष नभएको भन्दै व्यास नगर जेसीजका अध्यक्ष प्रकाशचन्द्र सुवेदीले चलचित्र प्रदर्शनीबाट उठेको केही रकमले विविध तालिम सञ्चालन बताएका छन् । चलचित्र प्रदर्शनीबाट उठेको रकम मध्ये ६० प्रतिशत जेसीजले लिने र ४० प्रतिशत चलचित्र निर्मातालाई दिइने अध्यक्ष सुवेदीले बताए ।

च्यारिटी शोको मूल्य २ सय, ३ सय ५ सय र १ हजार राखिएको छ । जेसीजले ६ सय टिकट विक्री गर्ने लक्ष्य राखेको छ । नेपाल जेसीजले हाल देशभर २० भन्दा बढि स्थानमा चलचित्र पलको च्यारिटी शो गरिसकेको छ । गोपीकृष्ण मुभिज र बुद्धमाया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र पलमा राजबल्लभ कोइराला, निशा अधिकारी, तृप्ती नाडकर, रमेश बुढाथोकी, धिरेन शाक्य, अनुप बराल, नीर शाह, बसुन्धरा भुषाल, महादेव त्रिपाठी, दिनेश डिसी, लय संगौला लगायतका कलाकारको साथमा अभिनेत्री करिष्मा मानन्धरको पनि विशेष भुमिका रहेको छ ।


न्ह्यू बज्राचार्यको संगीत, किरण खरेलको गीत, राजु थापाको छायाँकन तथा रजनी पन्तको सम्पादन रहेको सो चलचित्रलाई राजु केसी, सुशिला शाक्य, चन्द्रमा राजकणिर्कार र उज्ज्वल पौडेलले निर्माण गरेका हुन् भने चलचित्रको प्रस्तुतकर्ता र लेखक कर्ण शाक्य हुन् ।

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger