Home » » मनीषालाई ‘घर’मा अफर

मनीषालाई ‘घर’मा अफर

Written By ram dhakal on Saturday, February 5, 2011 | 10:36 AM

जवानी घट्दै गएको र बलिउडको क्यारियरमा गिरावट आएपछि नायिका मनीषा कोइराला नेपाल भित्रिने सोच बनाइन् । बलिउडमा रहँदा विभिन्न पुरुषहरूसँग नाम जोडिने मनीषालेसबैलाई छक्क र्दै आफूभन्दा कान्छो नेपाली युवकसँग बिहे गरिन् । यति मात्र कहाँ हो र चलचित्र धर्मामा समेत अभिनय गरिन् ।

लामो समयपछि उनी नेपाली चलचित्रमा अभिनय गरेपछि चर्चा नहुने त कुरै भएन । तर दर्शकले आशा गरे अनुरूप भूमिका नभएपछि धर्माले दर्शकलाई बाँधी राख्न भने सकेन ।

अहिले फेरि मनीषा चर्चामा छिन् । यो चर्चा अरु केही होइन । बजारको हल्ला अनुसार मनीषा अर्को एक नेपाली चलचित्रमा देखिने भएकी छिन् । मनीषाले अभिनय गर्न लागेको चलचित्रको नाम हाललाई ‘घर’ राखिएको छ । यो चलचित्रलाई मनोज पण्डितले निर्देशन गर्ने भएका छन् । ‘द ग्रेटर नेपाल’ र ‘दासढुङ्गा’ जस्ता अलगधारका चलचित्र निर्देशन गरिसकेका मनोज अहिले ‘वधशाला’ नामक चलचित्रमा व्यस्त छन् । ‘धर्मा’ को निराशाजनक छापपछि ‘घर’बाट कस्तो प्रभाव पार्ने हो ? त्यो पछि नै थाहा हुनेछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger