Home » » मदन भण्डारीको प्रेरणामा फिल्म

मदन भण्डारीको प्रेरणामा फिल्म

Written By ram dhakal on Saturday, February 5, 2011 | 7:08 PM


स्वर्गीय एमाले जननेता मदन भण्डारीको प्रेरणा र नीतिमा आधारित चलचित्र मदन भण्डारी माई लिर्डर नामक चलचित्र निर्माण हुने भएको छ ।


 शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता केपी ओलीले सो फिल्म निर्माण हुने घोषणा गरेका हुन् । कोरस फिल्मस स्टुडियो प्रालि तथा जनपक्षीय चलचित्रकर्मी संघको प्रस्तुती रहने सो चलचित्रमा मदन भण्डारीद्धारा कम्युनिष्ट आन्दोलनमा प्रयोग गरिएका नीतिहरूलाई आधार मानेर मनोरञ्जनात्मक ढङ्गमा फिल्म निर्माण गरिने यूनिटको भनाई छ । सो चलचित्रलाई राजन राईले निर्देशन गर्ने भएका छन् । जसमा हरिहर शर्मा, देशभक्त खनाल, उत्तम केसी, शुभेच्छा थापा लगायतका कलाकार मुख्य भूमिकामा रहने बताईएको छ ।

पूर्णरूपमा स्वर्गीय नेता भण्डारीको ब्यक्तिगत जीवनमा आधारित भएर कथा तयार गरिएको सो चलचित्रको छायाकंन एक महिना पछी सुरू गरिने निर्देशक राईको भनाई  छ । 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger