Home » » बुटवलमा हात लाग्यो शून्य

बुटवलमा हात लाग्यो शून्य

Written By ram dhakal on Wednesday, February 9, 2011 | 3:51 PM


विजय बिक्रम निर्देशित दोस्रो चलचित्र 'हात लाग्यो शून्य' को युनिट अहिले बुटवल पुगेको छ । गत माघ १६ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रको युनिट काठमाण्डौमा
केहि भागको छायाँकन गरी थप छायाँकनका लागी मंगलबार बुटवल पुगेको हो । बुधवारबाट सो स्थानमा चलचित्रको छायाँकन शुरू गरिएको छ ।

चलचित्रमा फरक गेटअपका साथ मुख्य भुमिकामा देखिन लागेका महानायक राजेश हमाल भने माघ ३० गते बुटवल जानेछन् । अहिले बुटवलमा राजेश बाहेकका केहि कलाकारहरूले अभिनय गरिरहेका छन् । पूर्ण रूपमा हाँस्य प्रधान भनिएको सो चलचित्रको छायाँकन बुटवल पछि लुम्बिनीमा गरिने भएको छ ।
दुई दशक बढी आफ्नो  फिल्मी यात्रामा पहिलो पटक  हमाल पूर्ण रूपमा यस चलचित्रमा कमेडी साथै  कञ्जुस पात्रको भूमिकामा देखिदैछन् भने चलचित्रमा यस अघि कुनै नेपाली चलचित्रमा प्रयोग नगरिएको बेली डान्स प्रयोग गरिदैछ । जुन गीतको केहि दिन अघि काठमाण्डौमा छायाँकन पनि गरियो । विश्व नेपाल प्रस्तुतकर्ता रहेको उक्त चलचित्रलाई श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा शुभ/कृष्मा पराजुली, भगवती नेपाल  र लक्ष्मी  क्षेत्रीले निर्माण गर्न लागेका हुन् । 

विकास चौधरीको संगीत, राम/जनकको द्धन्द्ध, लोकचन्द्र थापाले क्यामेरा चलाउने उक्त चलचित्रमा राजेशका अलवा नायिका कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger