Home » » ट्याग गर्छिन् रेखा

ट्याग गर्छिन् रेखा

Written By ram dhakal on Wednesday, February 9, 2011 | 3:49 PM


नायिका रेखा थापालाई फेसबुकको भुत चढेको धेरै भएको छैन । केहि महिना अगाडी मात्र हो उनले फेसबुक एकाउण्ट खोलेको । फेसबुकमा आफ्ना थुप्रै फेक अकाउण्ट देखेपछि बाध्य भएर आफ्नै
अकाउण्ट खोलेकी रेखाले आजभोली फेसबुकमा निकै समय खर्चने गरेकी छिन् ।


शुरूमा त उनले आफ्नो चलचित्रको प्रचारको लागी फेसबुकको प्रयोग गरिन् । नेपालमा चलचित्र प्रदर्शन भईसकेपछि उनले फेसबुकलाई आफ्ना भावनाहरू पोख्ने माध्यम बनाईन् ।उनका साथीहरूले उनले राखेका स्टाटस र तस्विरहरूमा निकै कमेन्ट पनि गर्ने गरेका छन् जसले गर्दा पनि उनी फेसबुक चलाउन निकै हौसिएकी छिन् ।

अहिले रेखा होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' को प्रदर्शनका लागी अष्ट्रेलिया पुगेकी छिन् । उनले यो समयमा आफ्नो चलचित्र प्रदर्शन भईसकेका र हुन लागेका ठाउँहरूको बारेमा उपडेट गराईरहेकी छिन् । त्यति मात्र हैन उनले अष्ट्रेलिया भ्रमणमा खिचेका तस्विरहरू पनि आफ्नो वालमा राखेकी छिन् । उनले जति फोटो अपडेट गर्छिन् ति सबै आफ्ना नजिकका नजिकका साथी र पत्रकारलाई ट्याग पनि गर्ने गरेकी छिन् ।

उनले पत्रकार साथीहरूलाई नै किन ट्याग गरिन् त ? कतै आफ्नो फोटो छापियोस् भनेर त हैन रेखा जि पत्रकारहरूलाई फोटो ट्याग गरेको ?
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger