Home » » 'मनमनै मन पराएँ' को अडियो सिडी सार्वजनिक

'मनमनै मन पराएँ' को अडियो सिडी सार्वजनिक

Written By ram dhakal on Tuesday, February 8, 2011 | 3:53 PM


आगामी फाल्गुन ६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'मनमनै मन पराएँ' को अडियो सिडी सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र
वितरक संस्थाका महाप्रबन्धक अशोक शर्मा, गीतकार किरण खरेल, संगीतकारद्वय महेश खड्का र बसन्त सापकोटा, निर्देशक शिब रेग्मी, नायक श्रीकृष्ण श्रेष्ठ लगायतले सो चलचित्रको अडियो बिमोचन गरेका थिए ।
 
चलचित्रमा ४ गीतहरू समाबेश गरिएको छ । जसमा एक गीतमा महेश खड्काको संगीत छ भने बाँकी तीन गीतहरूमा बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रका गीतहरू किरण खरेल, बसन्त सापकोटा र दयाराम पाण्डेले लेखेका हुन् । म्युजिक डटकमले बजारमा ल्याएको सो एल्बमका गीतमा दिपक लिम्बु, प्रबिशा अधिकारी, राजेश पायल राई, मिना सिंह र चन्दा देवीले स्वर दिएका छन् ।

मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई निर्माता रहेको उक्त चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, सुनिल थापालगायतले अभिनय गरेका छन् । राजेन्द्र उप्रेतीले निर्देशन गरेको सो चलचित्रका कार्यकारी निर्माता उत्तम केसी हुन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger