Home » » सच्याईयो ब्रेक फेल

सच्याईयो ब्रेक फेल

Written By ram dhakal on Tuesday, February 8, 2011 | 3:53 PM


निमन्त्रणा पत्रमा चलचित्रको नाम गलत छापिएको समाचार फिल्मीखबरले प्रकाशित गरेपछि ऋचा घिमिरेले आफूले निर्माण गर्न लागेको पछिल्लो चलचित्र 'ब्रेक फेल' को
अशुद्व नामलाई शुभ साइत समारोहमा राखिएको व्यानरमा भने सच्चाएकी छिन् ।

गाडीको तस्विर सहित छपाएको सो निमन्त्रणा पत्रमा चलचित्रको नाम BRAKE FAIL हुनु पर्नेमा BREAK FAIL छापिएको थियो । चलचित्रको नाम नै गलत छापिएपछी तनावमा परेकी नायिका घिमिरेले रातारात व्यानरमा आफ्नो चलचित्रको नाम सच्याएर मंगलबार अपरान्ह एक कार्यक्रम बीच कमेडी चलचित्र ब्रेक फेलको शुभ साईत सम्पन्न गरिन । सो चलचित्रको शुभ साईत सभासद एवं बरिष्ठ महिला अधिवक्ता सपना मल्ल प्रधानको निर्देशन तथा  चलचित्र विकास बोर्डका अध्यक्ष अमर राज गिरीले नरिवल फोडेर गरेका थिए ।

 
वर्ल्डवाईड  मुभि मेकर्स प्रालिको ब्यानरमा निर्देशक शंकर घिमिरेको चौथो निर्देशन रहने उक्त चलचित्र पूर्ण रूपमा कमेडी हुने बताईएको छ । चलचित्रमा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, जय किसन बस्नेत, सुनिता गन्धर्व, विमलेश अधिकारी  तथा नव प्रस्तुतीमा अस्मिता कडेल, चिरन तथा मदन महत  रहने यूनिटको भनाई छ । चलचित्रमा सत्य स्वरूप तथा नव अनुहार युग भुसालले संगीत भर्ने छन् ।

चलचित्रको टाईटल  गीत ब्रेक फेललाई र्‍यापर सुदिन पोखरेल र आसिफ शाहले  तयार गर्ने छन् । शुभ साईत  समारोहमा सोही ब्यानरबाट यस अघि निर्माण गरिएको चलचित्र तुलसी इन्डक्ल्याप भएको औपचारिक  जानकारी पनि गराईएको थियो । एक महिनापछी छायाकंनमा जाने उक्त चलचित्रलाई मनोज कुमार घिमिरे, शिवहरी कार्की तथा प्रदिप सिहले निर्माण छन् । दिनेश न्यौपानेको  लेखन रहेको सो चलचित्रलाई  अंग्रेजी भाषामा समेत सब टाईटल गरिने बताईएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger