Home » » फ्लोरमा केही चलचित्रहरू

फ्लोरमा केही चलचित्रहरू

Written By ram dhakal on Tuesday, February 1, 2011 | 9:28 AM


पछिल्लो समय चलचित्रको ब्यापार खस्किए पनि निर्माण कार्यले भने विश्राम लिएको छैन । जाडो मौसमा घामको अभावले एक महिना चलचित्रको छायाकंन निकै न्यून भए पनि इन्डक्ल्यापको
तयारीमा केही चलचित्रहरू तयार भएर बसेका छन् ।

फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार हाल फ्लोरमा रहेका तीन  चलचित्र 'म बिर्सुं कसरी'  'लक्की सेभेन' र 'सायद' को छायाकंन तीब्र गतिमा अघि बढेको छ । यस्तै गएको दशैको पूर्णिमा पछी सागर लामिछानेको निर्देशनमा सुरू गरिएको चलचित्र 'इकु ब्याक अगेन' इन्डक्ल्यापको तयारीमा छ भने यो सँगैका विजय केरूङ निर्देशित चलचित्र 'तिमिले दिएको माया', तुलसी घिमिरे निर्देशित 'मृगतृष्णा', शंकर घिमिरे निर्देशित 'तुलसी', राजु गिरी निर्देशित 'चन्द्रावती ' इन्डक्लयापको तयारीमा छन् ।

 यस्तै जीवन रसाईली निर्देशित चलचित्र 'माई लाईफ' पनि छायाकंनको अन्तिम चरणमा पुगेको छ । रमेशजंग रायमाझीले निर्माण गरेको दोस्रो चलचित्र 'मलाई मन पर्‍यो' को पनि गीतको छायाँकन केहि समयमा शुरू गरिने भएको छ । यसैगरी हरि महतले निर्माण गरेको चलचित्र 'आई एम सरी' को पनि बाँकी भागको छायाँकन केहि दिनमा शुरू गरिने भएको छ । यो सँगै चलचित्र बजारमा माघको मध्यबाट केही नयाँ चलचित्रको छायाकंन तुरून्त सुरू हुने भएका छन् ।

जस अनुरूप गएको आईतबारबाट बिजय बिक्रम बस्नेतको निर्देशनमा  दोस्रो चलचित्र 'हात लाग्यो शून्य' को निर्माण सुरू भएको छ भने   बुधबार बाट दिपक रौनियारले निर्देशन गर्ने 'हाइवे' ,  २० गतेबाट नयाँ निर्देशक श्याम केसीको निर्देशनमा 'रातकी रानी' फागुनको पहिलो साताबाट निर्माता प्रदिप उदयको छैठौ चलचित्र 'हाम्रो माया जुनी जुनीलाई', चैतको पहिलो साताबाट प्रशन्न पौडेलले निर्देशन गर्ने दोस्रो चलचित्र 'बिकज आई लभ यू' , दीपक रायमाझीको डेष्टीनेशन काठमाण्डू, विकास आचार्यको निर्माण निर्देशनमा 'म तिम्रो भै सके '  तथा नयाँ बर्ष २०६८ को पहिलो साता  निर्माता सुनिल कुमार थापाले ग्रयाण्ड प्रोजेक्ट 'साथी बिना'को छायाकंन सुचारू गर्दैछन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger