Home » » स्वरलाई लडाउन राजनीति

स्वरलाई लडाउन राजनीति

Written By ram dhakal on Monday, January 31, 2011 | 5:57 PM


नयाँ पुस्तालाई समेटेर निर्माण गरिएको फरक धारको चलचित्र स्वरको ब्यापारमा धक्का पुर्‍याउन विभिन्न पक्षले राजनीति गरिरहेको निर्देशक प्रसन्न पौडेलले आरोप लगाएका छन् ।


गएको शुक्रबार देखि उपत्यका बाहिर प्रदर्शन भै रहेको उक्त चलचित्रको थप प्रोमोशनका लागि पुनः देश दौडाहमा निस्किएको स्वर यूनिटले यो समय दर्शक प्रतिक्रिया लिनुको साथै ब्यापारको प्रत्यक्ष जानकारी समेत लिईरहेको छ । तर विभिन्न सिनेमा भवनका सञ्चालकलाई केही व्यक्तिले हातमा लिएर आफ्नो फिल्मको ब्यापारमा धक्का पुर्‍याउने व्यवहार  देखाएको प्रसन्नको आरोप छ ।  निर्देशक पौडेलले नयाँ पुस्ताको सफलतालाई नरूचाउने पूराना व्यक्तिले  फिल्मलाई अल्झाउने प्रयास समेत गरेको बताए ।

यस्तै एक चर्चित नायकले राजबल्लभ कोइरालाको विरूद्धमा  केही वितरकहरूसँग लविङ्ग गरी विभिन्न हल सञ्चालकलाई आफ्नो हातमा लिई  स्वरलाई असफल बनाउन अभियान समेत सुरु गरेको श्रोतको भनाई छ । तर ती हिरोसँग राजले अहिले सम्म कुनै फिल्ममासँगै  काम  गरेका छैन् ।  स्वरमा राजबल्लभ मुख्य भुमिकामा छन् । चलचित्रमा राजको अभिनय तगडा भएको रिपोर्ट थाहा पाएपछी  ती नायकले राजबिरूद्ध अभियान सुरू गरेको गोप्य जानकारी फिल्मीखबरलाई प्राप्त भएको हो  । ती नायकले राजको सफलता हेर्न नचाहेको कारण त्यस्तो अभियान सुरू गरेको स्रोतको दावी छ ।

यस्तै सोमबार  सम्मको रिपोर्ट अनुसार स्वरको ब्यापार राम्रो  रहेको वितरक डीजीटल सिनेमा नेपालका मार्केटिङ्ग प्रमुख दीपक दंगालले जानकारी दिएका छन् ।  उपत्यकामा भने आगामी शुक्रबार देखि रिलिज हुने सो चलचित्रको मुख्य टिम अहिले चितवनमा छ । को हुन त एउटै उद्योगमा काम गरिरहेका  ती नायक जसले आफूसँगैका नायकको विरूद्धमा अभियान सुरू गरिरहेका छन् ? यसको पर्दाफास चाडै हुने छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger