
त्रिकोणात्मक प्रेम कथामा आधारीत फिल्म ‘मनमनै मन पराएँ’ फागुन ६ गतेबाट देशभरी एकसाथ प्रदर्शन हुने भएको छ । राजेन्द्र उप्रेतीले निर्देशन गरेको फिल्म मातृभूमि नेपाल मुभिजको
ब्यानरमा बनेको हो । फिल्मका निर्माता रामेश्वर भट्टराई हुन् ।हास्यकलाकार उत्तम केसी कार्यकारी निर्माता रहेको फिल्ममा मिथिला शर्मा, राज तिमिल्सिना, सुनील थापा, मुकेश ढकाल, सुभाष गजुरेल, ऋचासिंह ठकुरी, विद्या कार्कीलगायतले अभिनय गरेका छन् ।
निर्देशक राजेन्द्रले यसअघि गिरफ्तार भरोसा, सिलसिलालगायतका फिल्मको निर्देशन गरिसकेका छन् ।
No comments:
Post a Comment