Home » » साडीमा रेखा

साडीमा रेखा

Written By ram dhakal on Wednesday, February 2, 2011 | 4:58 AM

होम प्रोडक्सनको चलचित्र कसले चोर्‍यो मेरो मन रिलिजका लागि कंगारूको दशे अष्ट्रेलिया मा रहेकी नायिका रेखा थापा । प्राय जसो छोटो पहिरनमा देखिने रेखा

अष्ट्रेलियाको रिलिजमा साडी चोलोमा देखिएकी थिईन् ।
होम प्रोडक्सनको पाँचौ चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' प्रदर्शनमा लागि अभिनेत्री रेखा थापा आज साँझ कंगारुको देश अष्ट्रेलियामा सारीमा देखीएको छ । अष्ट्रेलियाको विभिन्न शहरमा आगामी जनवरी ३० तारिख देखि १३ सम्म चल्ने सो  चलचित्रलाई जनवरी ३० तारिखका दिन  सिड्नीमा दुई शो, फेब्रुअरी ५ र ६ तारिखका दिन पर्थमा अर्को शो र १२ र १३ मा  ब्रिसबेनमा अन्तिम शो गरिने जानकारी दिईएको छ । 


रेखा फिल्मसको ब्यानरमा यस अघि चार चलचित्र निर्माण भएपनि पहिलो पटक  सो ब्यानरको चलचित्र बैदेशिक थिएटरमा गएको छ  । 'बिदेशको ब्यापार कस्तो होला भन्ने उत्सुकताले   पहिलो पटक ग्लोबल मार्केटिङमा हात हाल्दैछु', रेखाले नेपालपेण्टगोन  समक्ष  भनिन् ।  उनी  बिहिबार राति ११ बजेको फ्लाईटबाट एक्लै  अष्ट्रेलिया उड्दै छिन् ।

फिल्म शो सँगै अष्ट्रेलियामा मात्र पाइने कंगारु हेर्न उनलाई धेरै हतार पनि छ रे जस अनुरुप त्यहाँको चिडियाघर समेत घुम्ने  रेखाको योजना छ । करिब २० दिनको अष्ट्रेलिया भ्रमण पछि फेब्रुअरी १७ मा उनी नेपाल फर्कने छिन् ।
 

सबिर श्रेष्ठको निर्देशनमा तयार गरिएको सो चलचित्रले नेपाली बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । चलचित्रमा रेखाले राजकुमारी भएर अभिनय गरेकी छिन् भने नायक आर्यन सिग्देललाई गरिब युवकको भुमिकामा देख्न पाईन्छ ।


Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger