Home » » रेश र सिमोस तनावमा

रेश र सिमोस तनावमा

Written By ram dhakal on Wednesday, December 1, 2010 | 12:07 AM

स्र्टाईलिस नायक रेश मरहठ्ठालाई हिजो आज निकै तनाव हुन थालेको छ, त्यो तनाव निर्देशक सिमोस सुनुवारको नजरमा पनि स्पष्ट देखिन्थ्यो । पछिल्लो चरणमा एक साथ भेटिन थालेका यि दुईलाई तनाव अरू कुनै चीजको नभई एउटा हिरोइनको हो । 

नजिकका चलचित्रकर्मी र सञ्चारकर्मीलाई यिनिहरूले जव भेट्छन् सोधिहाल्दा रहेछन् 'लौन हिरोइन चाहियो छ कि छैन कोही ?' तर कसैले पनि उनीहरूले जस्तै खोजेको हिरोइन नभएको प्रतिक्रिया दिएपछी यिनीहरू अझ तनावग्रस्त भएका छन् ।  यहि जाडो महिना देखि सुरू हुन लागेको अंग्रेजी भाषाको संयूक्त प्रोजेक्टको लागि कथा अनुसार फिट हुने हिरोइन नभेटिंदा सिमोस र रेश तनावमा परेका हुन ।

चलचित्र पूरै अंग्रेजी भाषामा हुने भएकाले अंग्रेजीमा पोख्त, विदेशी लुक्स भएकी नायिका आवश्यक परेको भन्दै सिमोस भन्दै 'त्यस्तो हिरोइन भेटेको छैन लौन के गर्ने ?'   आमाबुवाको प्रेम एउटा बच्चासँग कस्तो हुन्छ भन्ने थ्रीलर लभस्टोरीमा आधारित चलचित्र 'अनसिन पावर' (अदृश्य शक्ति) लाई यि दुईले मिलेर निर्माण गर्दैछन् ।  जुन चलचत्रिको छायाकंन हिरोइन विना अड्किएको निर्देशक सुनुवारले बताए । 

प्रचण्डमान श्रेष्ठले लेखेको उक्त चलचित्रको स्क्रिप्ट अनुसार फिल्मलाई आवश्यक्ता पर्ने गीतको रेकर्डिङ कार्य पनि सुरू गरिसकिएको सिमोसको भनाई थियो । चलचित्रमा रेश सिमोसका नायक र सिमोस रेशका निर्देशक भएर काम गर्दैछन् ।  भ्वाईस इन्टरटेन्मेन्टको ब्यानरमा च्यालेन्ज निर्माता माधव ढकाल र  रेशको पचास प्रतिशत र बाँकी सिमोसको लगानी रहने उक्त चलचित्रका लागि भने जस्तो हिरोइन पाउन साथ सुटिङ्गमा निस्की हाल्ने उनीहरूको भनाई थियो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger