Home » » अमेरिकामा खग्रास

अमेरिकामा खग्रास

Written By ram dhakal on Friday, November 26, 2010 | 8:08 AM


विजय पराजय, सौता, महादेवी, अरुणिमा, तपस्याजस्तो धेरै चलचित्रहरूका निर्माण परिकल्पनाकार शैलेश आचार्यले अहिले अमेरिकामा आफ्नै निर्देशनमा 'खग्रास' नामक चलचित्र निर्देशन गर्दैछन् ।

अमेरिकाको वासिङ्टन डीसीमा छायाँकन भईरहेको सो चलचित्रले आजका युवाहरू देश छोडेर बिदेश पलायन हुनुहुन्न भन्ने सन्देश दिन खोजेको छ ।चलचित्रमा संयोग पोखरेल, सोनी केसी, सुनील पोखरेल, अनिल पोखरेल, दिनेश शर्मा, विश्वबन्धु प्रसाईंको साथमा अमेरिकी कलाकार एन्थोनी विलेट, आलेस, जुडीलगायतले अभिनय गर्दैछन् ।

नेपालका बिभिन्न स्थानमा करिब ६० प्रतिशत छायाँकन सकेर अमेरिका पुगेको सो चलचित्रको बाँकी भागको छायाँकन वासिङ्टन डीसी, न्यूयोर्कलगायतका स्थानमा हुने निर्माण युनिटले जनाएको छ । चलचित्रलाई वैकल्पिक सिनेमा नेपाल, आरोहण गुरुकुल, नेपाल इन्टरनेसनल टेक्सास र डा दुर्गा पोखरेलले निर्माण गर्दैछन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger