Home » » 'भने जस्तो केटा पाएँ बिहे गर्छु' : पुजा चन्द

'भने जस्तो केटा पाएँ बिहे गर्छु' : पुजा चन्द

Written By ram dhakal on Friday, November 26, 2010 | 7:08 AM


पती सुरज चन्द ठकुरीसंग सम्बन्ध विच्छेद भएपछी अमेरिकामा आफ्नो बासस्थान बनाएकी अभिनेत्री पुजा चन्दले भने जस्तो केटा पाए आफू अर्को बिवाह गर्न आफू तयार रहेको बताएकी छिन् ।

४ बर्षको अन्तरालपछी एक महिनाका लागि बुधबार साँझ नेपाल फर्किएकी अभिनेत्री चन्दले बिहिबार फिल्मीखबरसंग विशेष कुराकानी गर्दै भनिन् 'बिवाह गर्ने सोच भएपनि भने जस्तो केटा पाएको छैन ।' सत्र बर्षीया छोरी दिब्यासंग अमेरिकाको बाल्टिमोरमा एक्लो जिवन बिताईरहेकी पुजाले २०४९ सालमा पति सुरज चन्दसंग भागी बिवाह गरेकी थिइन् । बिवाह भएको केही बर्षपछी अर्थात सन् सन् २०००मा आन्तरिक विवादका कारण पारपाचुके गरिकी नायिका चन्दले पछिल्ला बर्षहरूमा पति विना एक्लो जीवन विताईरहेकी हुन् । यो समय उनलाई कस्तो केटा चाहिएको छ त ? उत्तर दिईन 'माया गर्ने र केयरिङ्ग गर्ने ।'


आफ्नो दिनचर्या सामान्य शैलीमा अमेरिकामा बिताईरहेको बताउदै चन्दले छोरी दिब्या र सुरजको सम्बन्ध भने बाबु छोरीकै रहेको बताएकी छिन् । उनीहरूबीच एक अर्कामा कुराकानी पनि भईरख्ने पुजाको भर्नाइ छ । छोरीको कारण सुरजसंग सम्बन्ध पुनः जोडिन सक्छ कि सक्दैन भन्ने प्रश्नमा उनले भनिन् 'लोग्ने स्वास्नीको भन्दा पनि बाबु छोरीको सम्बन्ध भने कायम रहन्छ ।' यस्तै छोरीकै कारण अब उ तपाईको जीवनमा पुनः आउने सम्भावना छ कि छैन भन्ने अर्को प्रश्नमा पुजाले भनिन् । 'हि इज नट इन माई लाईफ । उसको आफ्नो लाईफ मेरो आफ्नै ।'
रेडियो नेपालमा कविता पढ्दै रेडियो नाटकमा अभिनय गर्दा गर्दै आफन्त मार्फत सुरजसंग पहिलो भेट भएपछी पुजाको प्रेम सुरजसंग भएको थियो र पछी उनीहरू बिवाह बन्धनमा बाधिएका थिए । करिब १ दर्जन टेलिचलचित्र, त्यतिकै सख्यामा विज्ञापन र झण्डै ३६ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका चन्द यो समय आफूलाई सुहाउदो जीवनसाथी समेत खोजिरहेकी छिन् ।

टेलिचचित्रमा प्रख्यात भईसकेपछी १७ बर्षअघि उनले राजेन्द्र शलभले निर्देशन गरेको चलचित्र भाउजुमा सानो अभिनय गरिन । त्यसपछी अलि बढी भूमिकामा भीष्म प्रतिज्ञामा र सोलो हिरोइन रूपमा छोरी बुहारी मार्फत आफुलाई नायिकाको रूपमा स्थापित गरेकी थिईन् । करिब १२ बर्षको चलचित्र करिअरलाई बीचमै रोकेर उनी २००५ मा अमेरिका प्रस्थान गरेकी थिईन् । अमेरिका गएको एक बर्षपछी उनी फेरी नेपाल आएकी थिइन् र २००६को नोभेम्बरमा पुनः अमेरिका उडेकी थिईन् । उनले पछिल्लो पटक खेलेको चलचित्र मनको टुक्रा थियो जुन चलचित्रलाई बिजय रत्न तुलाधारले निर्देशन गरेका थिए ।

एक महिने विदा मिलाएर नेपाल आएकी ३६ बर्षे पुजालाई नेपाल बर्साईमा कसैले फिल्म खेल्ने प्रस्ताव गरे आफू खेल्न तयार रहेको समेत बताएकी छिन् । नायिका ऋचा घिमिरेको निवास बौद्ध कुमारीगलमा बसी रहेकी चन्दको प्रतिक्रियाहरू हेर्दा लाग्थ्यो उनलाई जीवन भर साथ दिने जीवनसाथीको अभाव भैरहेको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger