Home » » देशले रगत मागे ज्यान हाजिर छ

देशले रगत मागे ज्यान हाजिर छ

Written By ram dhakal on Tuesday, November 30, 2010 | 6:33 AM


राजेश हमाल बाहेक अन्य नयाँ कलाकारलाई लिएर निर्माण गरिएको बद्री अधिकारी निर्देशित सातौ चलचित्र 'देशले रगत मागे'को टाईटल परिवर्तन गरिएको छ ।

हाल डबिंगको अन्तिम चरणमा रहेको उक्त चलचत्रिको पूरानो टाईटल क्याचि नभएको भन्दै केही दिन अघि परिवर्तन गरिएको निर्देशक अधिकारीले जानकारी दिएका छन् । अहिले सो फिल्मको नाम 'ज्यान हाजिर छ' राखिएको छ ।

रंग फल्म एण्ड टिभी क्रिएशन प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा गएको शनिबार एयर होस्टेस उपाधी जितेकी काजोल खड्काको साथमा बेनिशा हमाल, जुनु श्रेष्ठ, शुशिल श्रेष्ठ, विकास चापागाई राजु लामा, प्रशन्न कपाली आदिको अभिनय रहेको छ ।

राष्ट्रप्रेमलाई आधार बनाएर निर्माण गरिएको उक्त चलचित्रलाई माघको अन्तिम सातामा प्रदर्शन गर्ने तयारी रहेको निर्देशक अधिकारीले बताए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger