Home » » कहाँ गयो राजेश र करिश्मा विरूद्धको उजुरी ?

कहाँ गयो राजेश र करिश्मा विरूद्धको उजुरी ?

Written By ram dhakal on Tuesday, November 30, 2010 | 6:33 AM


पैसाको लागि भ्रमात्मक रियल जुसको विज्ञापनमा अभिनय गरेको भन्दै गएको कात्तिक १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा परेको महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर विरूद्धको उजुरी त्यसै सेलाएको छ ।

उजुरी परेको ठीक एक महिना भैसक्दा पनि कारबाही प्रक्रिया भने कछुवाको तालमा अघि बढेकाले नेपालको प्रशासनमाथि पुनः एक पटक प्रश्न गर्ने ठाँउ भेटिएको छ । रियल जुसमा विभिन्न प्रकारका अखाद्य पदार्थहरू भेटिएका समाचार आईरहको बेला उपभोक्ता हित संरक्षण मंचले कारबाहिको माग स्वरूप गएको भदौ अन्तिम सातामा डबार नेपाल विरूद्ध मुद्दा दायर गरेको थियो ।


यस्तै दायर गरेको आफ्नो मुद्दालाई प्रभावित पर्ने हिसावले राष्ट्रका गहना भनिने कलाकारहरूले मुद्दा चलिरहेको अवस्थामा रियलको विज्ञापनमा अभिनय गर्दा जनमानसमा भ्रम फैलिएको भन्दै त्यसको दुई हप्ता पछी नायक हमाल, अभिनेत्री मानन्धर, तेक्वान्दो खेलाडी दीपक विष्ट र ब्यापारी मिन बहादुर गुरूङ्ग विरूद्ध प्रशासन कार्यालमा उजुरी दर्ता गराउदै कारबाहिको माग गरिएको थियो ।

यस्तै मुद्दा र उजुरीको यो बीचको समयमा जुस उत्पादक कम्पनी डाबर नेपाललाई पत्र काट्दै प्रशासन कार्यालयले जुस उत्पादन गर्दा प्रयोग गरिने सम्पूर्ण सामग्रीको विवरण माग गरेको थियो र पत्र काटे लगत्तै रियलले बुझाएको विवरणलाई प्रशासन कार्यालले चित्त नबुझाएपछी पुनः अर्को पत्र काटेको छ । प्रशासनले सो उजुरी बारे छानविन प्रक्रिया अघि बढाउन गत मंसिर ६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पनि पत्र काट्दै रियल जुसहरूको नियमित परिक्षण हुने गरेको छ वा छैन, परिक्षण गरेको भए परिक्षण गर्दाको गुणस्तर कस्तो पाईएको छ भनी प्रश्न गरेको छ । तर विभागले एक हप्ता नाघि सक्दा पनि कुनै प्रतिक्रिया प्रशासनलाई बुझाएको छैन ।

फिल्मीखबरसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद ढकालले आवश्यक छानविन प्रक्रिया अघि बढिसकेकाले पहिले सुन अनि मात्र थुनको प्रक्रियालाई अघि बर्ढाईने बताएका छन् । उता उजुरी कर्ता तथा उपभोक्त हित सरछण मंचका महासचिव ज्योती बानियाले उपोक्ताको हितको लागि जानाजान गलत काम गर्ने विरूद्ध मुद्दा दायर गर्ने आफ्नो कर्तब्य भएको भन्दै कारबाहि प्रक्रिया अगाडी बढाउने नबढाउने जिम्मा सरकारको रहेको बताएका छन् । उनले भने 'आफूहरूले उजुरी दिने बाहेक अरू केही काम गर्न सक्दैनौ । '
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger