Home » » भुटानीको अन्त्येष्टी

भुटानीको अन्त्येष्टी

Written By ram dhakal on Tuesday, November 23, 2010 | 3:48 AM


मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा देह त्याग गरेका द्धन्द तथा कला निर्देशक गोपाल भुटानीको अन्त्येष्टी गरिएको छ । उनको तामाङ विधिविधान अनुसार लामा पाठ गराएर अत्येष्टी गरिएको हो ।


स्वर्गीय भुटानीलाई द्धन्दनिर्देशक राजेन्द खड्गीले साढे ४ बजे दागबत्ती दिएका हुन। दागबत्ती दिनु पूर्व उनलाई क्म्यूनिष्ट झण्डा समेत ओडाईएको थियो । करिब साढे पाँच घण्टाको श्रद्वाञ्जाली कार्यक्रम पछी भुटानीको अन्त्येष्टी गरिएको हो ।

श्रद्वाञ्जाली दिन सयौं कलाकारका अलवा सूचना तथा संचार मन्त्री शकर पोखरेल, एमाले नेता रघुजी पन्त समेत आएका थिए । अन्तिम इच्छा नागरिकता भन्दै आएका भुटानीलाई राज्यले नगरिकता दिन नसकेकोमा मन्त्री पोखरेलले गुनासो समेत ब्यक्त गरे । यध्यपी नागरिकताको लागि कागजी प्रक्रिया अघि बढिसकेकोले राज्यले उनलाई मरणोपरान्त पछी पनि सम्मान गरि छाड्ने बताए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger