Home » » 'कहाँ भेटिएला' दक्षिण कोरियामा

'कहाँ भेटिएला' दक्षिण कोरियामा

Written By ram dhakal on Tuesday, November 23, 2010 | 4:53 AM


नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला' दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ ।

यस अघि अष्ट्रेलियाको शोबाट १८ लाख कलेक्सन गरेको सो चलचित्र मंसिर १९ गते अर्थात डिसेम्बर पाँच तारिखका दिन सिओल र बुसानमा प्रदर्शन गर्ने पूर्ण तयारी भईसकेको नायक श्रेष्ठले जानकारी दिएका छन् । शिव रेग्मी निर्देशित उक्त चलचित्र प्रदर्शनका लागि नायक श्रेष्ठ सहित सोही चलचित्रकी नायिका श्वेता खड्का र केही स्टेज कलाकारहरूसमेत कोरिया जाने तयारी गरिरहेका छन् ।

'दुई तारिख सम्ममा हामी कोरिया पुगीसक्छौ' श्रेष्ठले भने । यस्तै नायक श्रेष्ठले बताए अनुसार सो चलचित्रलाई डिसेम्बर लास्टमा बेल्जियम, फेब्रुअरीमा मलेसिया, मार्चमा अमेरिका र त्यसपछी आयरल्याण्डमा प्रदर्शन गरिने छ । सधै एउटै फिल्म मात्र प्रदर्शन गर्ने कि अर्को फिल्म पनि बनाउने भन्दा श्रेष्ठले भने 'सवै तिर देखाईसक्छु अनि मात्र नयाँको घोषणा गर्छु ।'
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger