Home » » भोजपुरी फिल्मको मुहुर्त

भोजपुरी फिल्मको मुहुर्त

Written By ram dhakal on Thursday, November 25, 2010 | 4:11 PM


देश, समाज र परिवार भित्रको मानवताको कथालाई आधार बनाएर समिर मियाँको निर्देशनमा निर्माण हुन लागेको भोजपुरी भाषाको चलचित्र 'बेटा हो तो ऐइसन' को मुहुर्त गरिएको छ ।

राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले नरिबल फोडेर सो चलचित्रको मुहुर्त गरेका हुन । मुभिज स्टेशन कृतको ब्यानरमा संजीत राजले निर्माण गरेको उक्त चलचित्रमा संजित राज, रोशन पुरी र सरिता पुरीको साथै उत्तम केसी, दिनेश कार्की ,रश्मी भट्ट, देविराम पराजुली (भोक लाग्यो ) मुख्य भूमिकामा छन् । निर्देशक समेत रहेका कलाकार दिनेश कार्कीले पहिलो पटक भोजपुरी चलचित्रमा अभिनय गर्न लागेका हुन ।


पर्सी शनिबारबाट बाराको कलैयाबाट सुटिङ सुरू हुने उक्त चलचित्रमा विपिन आचार्यको संगीत, शिव शर्माको नृत्य, विश्वराज कपालीको छायाकंन रहने छ । यस्तै मुहुर्त समारोहमा यो चलचित्रको सुटिङ्ग सकिए लगत्तै यहि चलचित्रको ब्यानरमा 'दबागं हो तो एइसन' भन्ने अर्को भोजपुरी भाषाको फिल्म निर्माण गरिने जानकारी दिईएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger