Home » » वीरताको चिनोलाई पी.जी. सर्टिफिकेट

वीरताको चिनोलाई पी.जी. सर्टिफिकेट

Written By ram dhakal on Thursday, November 25, 2010 | 4:11 PM


प्रदर्शनको तयारीमा रहेको शंकर घिमिरे निर्देशित चलचित्र वीरताको चिनोलाई सेन्सरबोर्डले पी.जी. अर्थात प्यारेन्टल गाईडेन्स सर्टिफिकेट प्रदान गरेको छ । प्यारेन्टल गाईडेन्सको अर्थ १६ बर्षमुनिका बालबालिकाले त्यो फिल्म हेर्दा अविभावकको साथमा हेर्नु पर्ने भन्ने बुझिन्छ ।


निर्देशक घिमिरेले फिल्मीखबरलाई दिएको जानकारी अनुसार हिजो बुधबार बेलुकी सेन्सरबोर्डले उक्त चलचित्रको १२ मिनेटको क्लाईमेक्सको फाईटको सिन भयावह भएको कारण देखाउदै फिल्म हेर्दा १६ बर्षमुनिका बालबालिकाहरू अविभावक विना डराउने भन्दै सो प्रमाणपत्र प्रदान गरेको हो । वर्ल्ड वाईड मुभी मेकर्सको ब्यानरमा चारवटा विभिन्न धर्म मान्ने युवा साथीहरूको कथालाई आधार बनाएर निर्माण गरिएको उक्त चलचित्रको केही सम्वाद र दृश्य समेत हटाउन बोर्डले आग्रह गरेको निर्देशक घिमिरेको भनाई छ ।


यस्तै विवादास्पद केही सम्वाद र दृश्य हटाउन बोर्डले गरेको आग्रहलाई आफूहरूले पनि लचकताका साथ हेरेको घिमिरे बताउछन् । चलचित्रमा ऋचा घिमिरे, बिराज भट्ट, सुमन सिंह ,धुर्ब दत्त कल्याण घिमिरे मुख्य भूमिकामा छन् । चलचित्र वीरताको चिनोले वकिल, प्रहरी, डाक्टर र मन्त्री गरी राष्ट्रका प्रमुख अंगहरूको भ्रष्टाचारको मुद्दालाई मुख्य कथाबस्तु बनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger