Home » » भक्कानिए राजेश

भक्कानिए राजेश

Written By ram dhakal on Tuesday, November 23, 2010 | 3:47 AM


महानायक राजेश हमाल गोपाल भुटानीको शब देखेर भक्कानिएका छन् । भुटानीलाई अन्तिम श्रद्वान्जली व्यक्त गर्न अपरान्ह साढे ३ बजे स्वयम्भू स्थित तामाङ चिहान पुगेका हमाल उनको शब देखेर भक्कानिएका हुन् ।


दाहसंस्कार गर्नुपूर्व लामा पाठ गराईरहेको बेला भुटानीको पार्थिव शरिरमा श्रद्वान्जली अर्पण गरेर सञ्चारकर्मी माझ उनी भावबिह्वल हुँदै करिब २० बर्ष अगाडी चलचित्र युगदेखि युगसम्ममा पहिलो पटक भुटानीसँग काम गरेको स्मरण गरे ।

भक्कानिएका राजेशले भुटानी कलाकारहरू मध्येका सबैभन्दा धेरै बिशेषता बोकेका कलाकार रहेको प्रतिक्रिया दिए । उनले भने, 'आज चलचित्र उधोग मात्र नभएर देशले नै एउटा सफल कलाकार गुमाएको छ ।'
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger