Home » » नागरीकता दिए च्यातिन्छ : योगेन्द्र श्रेष्ठ

नागरीकता दिए च्यातिन्छ : योगेन्द्र श्रेष्ठ

Written By ram dhakal on Tuesday, November 23, 2010 | 3:46 AM


भनिन्छ, कलाकार देशका सम्पत्ति हुन तर राज्यले कलाकारलाई गहना भन्दै घाँटीमा समाउनु भन्दा सिवाय अन्य कुनै काम गर्न सकेको छैन । आज मात्र निधन भएका कलाकार गोपाल भुटानीको नागरीकता पाउने अन्तिम इच्छा पनि सरकारको हेलचक्राईको कारणले पुरा हुन सकेन ।

नागरीकता लिएर जिवनको अन्तिम सास लिने उनको चाहना अधुरै रहन गयो । नेपाल सरकारले भुटानीको अन्तिम इच्छा नागरीकता दिन नसकेर कलाकारको अपमान गरेको छ । तर उनको निधन पश्चात नेपाली नागरीकता दिने निर्णय सरकारले गर्‍यो भने त्यसमा अचम्म नमान्दा पनि हुन्छ । किनभने नेपाल सरकारले स्रष्टाहरुको निधन भएपछि उनिहरुलाई सम्मान र विभुषण पहिराउने गरेको छ । तर सरकारले यदि भुटानीको निधन भएपछिको यो समयमा आएर नागरीकता दिने निर्णय गर्‍यो भने त्यसलाई च्यातीने भएको छ ।

नेपाल चलचित्र द्धन्द कलाकार संघका अध्यक्ष योगेन्द श्रेष्ठले सरकारले अव भुटानीलाई नागरीकता दियो भने नागरीकता च्यात्ने वताएका छन । उनले भने, 'उहाँको अन्तिम इच्छा नागरीकता लिने थियो तर सरकारले उहाँको इच्छा पुरा गर्न सकेन ।' सरकारप्रति निकै क्रोधित देखिएका श्रेष्ठले आवेगमा आउँदै भने, 'अव निधन पश्चात नागरीकता दिने नौटंकी सरकारले रच्छ भने हामीलाई यो स्विकार्य हुने छैन । सरकारले नागरीकता दियो भने हामी त्यो नागरीकता च्यात्छौ ।'

यता नेपाल सरकारको निकाय चलचित्र विकास वोर्डका अध्यक्ष अमर गिरीले भुटानीलाई मृत्युपश्चात पनि सरकारले नागरीकता दिनुपर्ने वताएका छन । भुटानीको निधन पश्चात के अव सरकारले निधन पश्चात दिईने सम्मानको पुरानो परम्परालाई फेरी व्युताउनॆ हो या अझै कानमा तेल हालेर वस्ने हो यसका लागी त केही समय कुर्नु नै पर्ने हुन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger