एसिया न्यूज नेटवर्कको वाषिर्क बोर्ड बैठक शुक्रबार यहाँ सकिएको छ । द काठमान्डू पोस्टको आयोजनामा २ दिनसम्म चलेको बैठकसँगै 'बदलिँदो मौसममा हिमाली प्रणाली र मिडियाको भूमिका' विषयक सम्मेलन आयोजना गरिएको थियो । बैठकमा एसियाका १८ मुलुकका २० सम्पादक तथा तिनका प्रनिनिधि सहभागी थिए ।
समापन समारोहमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दक्षिण एसियाली नागरिकहरूले इन्धन प्रयोगलाई बढी व्यवस्थित बनाउन नसके गरिबी घटाउन र उत्सर्जन कम गर्न पनि नसकिने बताए । 'यो कठिन परिस्थितिमा सबै मुलुकले हातमा हात मिलाएर कडा परिश्रम गर्नुपर्छ, सञ्चार माध्यमको पनि विशेष भूमिका चाहिन्छ,' उनले भने ।
द काठमान्डू पोस्टका सम्पादक अखिलेश उपाध्यायले जलवायु परिवर्तनका परिणामलाई कम गर्ने उपायहरू तत्काल अवलम्बन नगरिए यसले विकासको उद्देश्यलाई नराम्ररी प्रभावित तुल्याउने बताए ।
समापनकै दिन इन्टरनेटजस्ता नयाँ मिडियाका कारण परम्परागत मिडियाका चुनौतीबारे छलफल भयो । त्यस क्रममा थाइल्यान्डको नेसन पत्रिकाका समूह सम्पादक सेयुन सुथिचाइले समाचार कक्षको बदलिँदो आवश्यकताबारे चर्चा गरे । 'यदि छापा माध्यमले आफूलाई विकास गर्न सकेन भने सोसल मिडिया र नागरिक पत्रकारितालेे यसलाई उछिन्छ,' उनले भने ।
कान्तिपुरका सम्पादक सुधीर शर्माले हालैका वर्षहरूमा समाचार कक्ष्ामा इन्टरनेटको प्रयोग बढेको, सफ्टवेयरको प्रयोग बढेको र त्यसले काम चुस्त बनाएको र दुर्गममा पनि इमेलको पहुँच पुगेको जानकारी गराए ।
भारतको स्टेट्सम्यानका सम्पादक तथा प्रबन्ध निर्देशक रवीन्द्र कुमारले सोसल मिडिया बढिरहे पनि छानेर समाचार दिन र प्रत्येक समाचारको द्वारपालेका रूपमा रहन पत्रकारले अझै महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरेे । काठमान्डू पोस्टसहित २० सदस्य रहेको एएनएन एसियाली सहरहरूबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरूको सञ्जाल हो ।
यसैबीच एएनएन भेलाले युवालाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ । सम्मेलनको अन्तिम दिन काठमान्डू पोस्टका सम्पादक उपाध्यायले यस क्षेत्रका धनी र गरिब देशबीचको खाडल कम गर्न प्रभावकारी नीतिको खाँचो रहेको औंल्याए । यस क्षेत्रमा पत्रकारिता प्रवर्द्धनका लागि र सञ्चार गृहका कर्मचारीको सीप र क्षमता अभिवृद्धि गर्न एएनएनले पत्रकारलाई तालिम र अवसर पनि दिन चाहिरहेको बताइयो ।

No comments:
Post a Comment