Home » » स्टारहरू अब चीनतर्फ

स्टारहरू अब चीनतर्फ

Written By ram dhakal on Friday, February 17, 2012 | 8:59 PM



केही समयअघिसम्म चिनियाँ लिग फुटबल गलत कुराले चर्चामा थियो, भ्रष्टाचार र खेल मिलोमतोका कारण। अस्तव्यस्त लिगका कारण पूरा  चिनियाँ फुटबल नै धराशायी हुने स्थितिमा पुगेको थियो। सम्भवतः अहिले त्यो स्थितिलाई चिनियाँ फुटबलले सम्हालेको छ। अहिले सकारात्मक  कुराले चिनियाँ फुटबल चर्चामा छ। सन् २००४ देखि त्यहाँ पूरा नयाँ ढाँचामा 'चाइनिज सुपर लिग' सुरु भएको थियो, त्यसलाई छोटकरीमा  'सीएसएल' भनिन्छ र यो नाम लोकपि्रय पनि छ। त्यही लिगको एक क्लब सान्घाई सेनहुआले चर्चित र उत्तिकै प्रतिभाशाली मानिएका प|mान्सेली  खेलाडी निकोलस एनेल्कालाई हालै मात्र अनुबन्ध गरेको छ। 

एनेल्काले युरोपका एक से एक क्लबबाट खेले, जस्तो आर्सनल, रियल म्याडि्रड, लिभरपुल, म्यानचेस्टर सिटी र अन्तिम पटक चेल्सी। यी सबै  क्लबबाट खेल्दा एनेल्काले जति पारिश्रमिक पाउँथे, त्यसको दोब्बर अथवा त्योभन्दा पनि बढी अब चिनियाँ क्लबबाट पाउनेछन्। सान्घाईले  उनलाई प्रतिसाता पारिश्रमिकका रूपमा मात्र अविश्वसनीय रूपमा २ लाख पाउन्ड दिनेछ। उनी चिनियाँ लिग फुटबलमा खेल्ने अहिलेसम्मकै  सर्वाधिक सफल र चर्चित खेलाडी हुन्। चेल्सी छँदा पनि एनेल्का क्लबका प्रमुख खेलाडी थिए, तर उनले आपmनो खेल जीवनको अन्त्यतिर  चीन जानु ठीक माने। 

सान्घाई र एनेल्काबीचको अनुबन्धको मसी सुक्ने नपाउँदै के पनि हल्ला चल्न थालिसकेको छ भने अब चेल्सीकै अर्का स्ट्राइकर डिडिएर ड्रोग्बा  पनि चीन आउँदै छन्। सान्घाई नै आइभरीकोस्टका यी खेलाडीलाई उत्तिकै लोभलाग्दो पारिश्रमिक दिन तयार छ। भनिन्छ, सान्घाइ र ड्रो ग्बाबीच कुराकानी चलिरहेको छ। क्लबले प्रशिक्षकका रूपमा प|mान्सकै जियान तिगानालाई भित्र्याइसकेका छ। उनी यसअघि बोर्डोका प्रशिक्षक  थिए। उनले पनि राम्रो पारिश्रमिक पाउने तय भैसकेको छ। चीन आउने विश्वकपको अन्तिम चरणमा नपुग्ने तय भएपछि त्यहाँ फुटबलमा एक  प्रकारको पुनर्उत्थान चलिरहेको छ। 

चीन अन्तर्राष्ट्रिय आर्थिक शक्तिका रूपमा अगाडि आउन थालेपछि त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव त्यहाँको फुटबलमा पनि पर्न थालेको  छ। क्लबले पनि राम्रा-राम्रा प्रायोजन पाउन थालेका छन्। यो नै हो, एनेल्काको चीनमा आगमन र ड्रोग्बा पनि चीन जाने हल्लाको प्रमुख  कारण। सान्घाईका निर्देशक झो जुन मान्छन्, 'एनेल्काजस्ता अब्बल दर्जाका खेलाडी नआएसम्म चिनियाँ फुटबल उँभो लाग्नेछैन। उनीहरूको  उपस्थितिमा चिनियाँ खेलाडीले धेरै कुरा सिक्न सक्छन्। अब बिस्तारै अरू टिमले पनि उत्तिकै राम्रा खेलाडी 

चीन भित्र्याउनेछन्।' 

ठूला स्टार खेलाडीका लागि एसियाली फुटबल नयाँ गन्तव्य भएको यो पहिलो अवसर भने होइन। सन् २००३ मा अर्जेन्टिनी स्टार ग्याबि्रयल  बाटिस्टुटाले कतारी क्लब अल अरबीबाट खेले। इटालीका विश्वकप विजेता कप्तान फाबियो कानाभारो अहिले युएईमा खेलिरहेका छन्। डेविड  टे्रज्ग्वेट पनि युईएमै छन्। सन् १९९१ ताका ब्राजिलीयन जिकोले जापानबाट खेलेका थिए। स्वीडिस खेलाडी प|mेडी लजेम्बर्ग अझै जापानमै खे लिरहेका छन्। केही समयअघि मात्र मार्कस बेन्ट इन्डोनेसियामा खेल्न तयार भएका थिए। निकी बट भने अहिले हङकङमा खेलिरहेका छन्,  साउथ चीन क्लबका लागि। रोबी पmलावर भने थाइल्यान्डमा खेलिरहेका छन्।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger