विश्वमा सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा पर्ने बास्केटबल खेलाडी कोबे ब्रायनविरुद्ध उनकी श्रीमतीले पारपाचुकेको मुद्दा दायर गरेकी छिन्। सन् २००३ मा कोबेले एक महिलाप्रति दुव्र्यवहार गरेको घटनालाई आधार बनाएर श्रीमती भेनेसा ब्रायनले छोडपत्र मुद्दा दायर गरेकी हुन्। भेनेसाले दायर गरेको मुद्दाको कागजमा कोबेले पनि हस्ताक्षर गरेका छन्। वकिलहरूका अनुसार उनीहरूबीच सम्भवतः सन् २०१२ मा कानुनी रूपमा पारपाचुके हुन्छ।
कोबे र भेनेसाबाट दुई सन्तान जन्मिसकेका छन्। भेनेसाले आफ्ना सन्तानको लालनपालनको खर्च कोबेले बेेहोर्नुपर्ने बताएकी छिन्। भेनेसा र कोबेको पहिलो भेट सन् १९९९ मा भएको थियो। एक म्युजिक भिडियोको सुटिङमा भेट हुँदा भेनेसा १८ वर्षकी थिइन् भने कोबे २१ वर्षका थिए। उनीहरूले पहिलो भेट भएको ६ महिनापछि नै विवाह गरेका थिए। सन् २००३ मा कोबेले एक १९ वषर्ीया युवतीविरुद्ध यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो। उक्त घटना हुँदा भेनेसाले आफ्नै श्रीमान्लाई साथ दिएकी थिइन् ।
No comments:
Post a Comment