मिस नेपाल-२०१२ को दौड आरम्भ भएको छ। यस पटकको मिस नेपालमा १७ जना युवतीको सहभागिता छ। सहभागी १७ जनामध्ये कतिपयलाई प्रतियोगिताको व्याकरणका बारेमा ज्ञान छ भने कतिपय पहिलो पटक यस प्रकारको प्रतियोगितामा आफूलाई उभ्याउन आएका छन्। यस पटकको प्रतियोगितामा मिस नेवाः, मिस पूर्वाञ्चल, मिस ई कलेज, मिस कलेज, मिस टिन नेपालजस्ता प्रतियोगितामा सुखद अनुभव सँगाल्नेहरू छन्। कतिपय सञ्चारकर्ममै अभ्यस्त भएकाहरू छन् भने कतिपय मोडलको परिचय बनाइसकेकाहरू पनि। प्रतियोगिताको अनुभव भएका हुन् वा अनुभवहीन सबैमा एकै प्रकारको आत्मविश्वास छ, जित्ने चाहना छ, आफूलाई प्रमाणित गर्ने उत्साह र जोस छ। यी सबै जनालाई प्रमुख रूपमा कोरियोग्राफरद्वय रचना गुरुङ शर्मा तथा प्रशान्त ताम्राकारले ग्रुमिङ गरिरहेका छन्। यी १७ जना मई ६ तारिख अर्थात् आउँदो वैशाख २४ गते मिस नेपाल २०१२ को मुकुट, उपाधि, गौरव, जिम्मेवारी र नेपालको अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने अवसर एवं अभिभाराका लागि अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्। बिहान दसदेखि बेलुकी पाँच बजेसम्म सानेपास्थित इन्टरनेसनल क्लबमा प्रतियोगिताको तयारीका क्रममा विभिन्न विषयमा प्रशिक्षण एवं ग्रुमिङ कक्षाहरू लिइरहेका मिस नेपाल-२०१२ का सहभागी सुन्दरीहरूसितको कुराकानीका लागि आयोजक संस्था द हिडेन ट्रेजरसित सम्पर्क गर्ने क्रममा इभेन्ट कोर्डिनेटर भरत राईले गत आइतबार बिहान नौ बजेको साइत जुराइदिए। सोही अनुरूप गत आइतबार निर्धारित समयमा इन्टरनेसनल क्लबमा पुग्दा सहभागीहरू नगमा श्रेष्ठ, बन्दना तण्डुकार, निर्मिता सुवेदी तथा सोनम सिंह उपस्थित भैसकेका थिए।

प्रतियोगी नम्बर १
नाम ः सोनम सिंह
ठेगाना ः मलङ्गवा-४, सर्लाही
उमेर ः २१ वर्ष
उचाइ ः ५ फिट साढे ५ इन्च
तौल ः ५४ किलोग्राम।
हाल पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबिबिएस छैटौं सेमेस्टरमा अध्ययनरत सोनम सिंहको लक्ष्य कार्डियोलजिस्ट बन्ने हो। आफूलाई एक्सप्लोर गर्ने क्रममा मिस नेपाल प्रतियोगितामा सहभागी भएको बताउने सिंह यो कार्यक्रमलाई आफ्नो आत्मविश्वास र सेल्फ इस्टिम बढाउने राम्रो प्लेटर्फम मान्छिन्। दृढ निश्चयलाई मिस नेपाल उपाधि जित्ने आफ्नो मुख्य आधार बताउने सोनमले हरेक दिनको प्रशिक्षणबाट आफूमा अरूका सामु निर्धक्क भएर बोल्न सक्ने आत्मविश्वास पलाउँदै गएको बताइन्। सोनमलाई स्केचिङ, पेन्टिङ, स्ट्याम्प कलेक्सन एवं टेबल टेनिसमा अभिरुचि छ। कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति सोनमलाई मन पर्दैन।
प्रतियोगी नम्बर २
नाम ः निर्मिता सुवेदी
ठेगाना ः चितवन
उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ३ इन्च
तौल ः ५४ किलोग्राम।
चितवन घर भै हाल थानकोटमा बस्दै आएकी निर्मिता सुवदीको रुचि अध्ययनमा छ। टि्रनिटी इन्टरनेसनल कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत सुवेदीलाई अरूको हतोत्साहित गर्ने बानी एवं नकारात्मक सोच मन पदर्ैैन। भविष्यमा वकिल भएर न्याय र समानताको वकालत गर्ने लक्ष्य लिएकी निर्मिताले हाललाई भने मिस नेपालको मुकुट जित्ने आफ्नो लक्ष्य भएको बताइन्। उनी आफूले मिस नेपालको मुकुट जित्ने विषयमा भने आफ्नो परिश्रम, आत्मविश्वास, ज्ञान र परिवार तथा साथीभाइको सहयोगलाई मुख्य आधार मान्छिन्। निर्मिताको विचारमा मिस नेपाल प्रतियोगिता उनका लागि आफूलाई प्रमाणित गर्ने अवसर हो भने अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुलुकको नेतृत्व गर्ने अवसर पनि।
प्रतियोगी नम्बर ३
नाम ः सृष्टि श्रेष्ठ
ठेगाना ः चितवन, नारायणघाट
उमेर ः २३ वर्ष
उचाइ ः ५ फिट साढे ९ इन्च
तौल ः साढे ५५ किलोग्राम।
अग्लो शरीरकी धनी सृष्टि श्रेष्ठ चितवनमा जन्मिएर बेलायतमा हुर्किएकी हुन्। हाल उनी लन्डनमै नर्सिङ विधाको स्नातक तह अध्ययनरत छिन्। बेलाबेलामा नेपाल आइरहने सृष्टिले यस पटक मिस नेपाल प्रतियोगितामा सहभागी हुने संयोग जुराएकी छिन्। त्यसो त सृष्टिले बि्रटिस नेपाली मोडलको परिचय बनाएर अन्तर्राष्ट्रिय फेसन शोका साथै नेपाल फेसन सप्ताहमा समेत र्याम्प नापेको अनुभव समेत सँगालिसकेकी छिन्, तर उनलाई मिस नेपाल प्रतियोगिताको मञ्चमा प्रतिस्पर्धी भएर उभिनुको अनुभव पनि ग्रहण गर्नु छ। उनी मिस नेपाल प्रतियोगितालाई गर्ल बिल्डिङ टु वुमेनको राम्रो र प्रभावकारी अवसर मान्छिन्। आफूलाई अझ परिष्कृत गर्न, सुधार्न र सिक्न उनी मिस नेपाल प्रतियोगिताको हिस्सा बन्न आएकी हुन्। आफूलाई कम्पोज्ड, कम्पासनेट र अप्टिमिस्टिक बताउने सृष्टिलाई भ्रमण, कुकिङ, नृत्य एवं अध्ययन मनपर्छ भने उनी सफा मन भएको सफल व्यक्ति हुने चाहना राख्छिन्।
प्रतियोगी नम्बर ४
नाम ः नगमा श्रेष्ठ
ठेगाना ः थापाथली, काठमाडौं
उमेर ः २० वर्ष
उचाइ ः ५ फिट १० इन्च
तौल ः ६२ किलोग्राम।
टाइम्स बिजनेस स्कुलमा बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत नगमा इमेज च्यानलको पर्दामा देखिने चर्चित भिजेमध्येकी एक हुन्। नगमाका लागि प्रतियोगिताको वातावरण नौलो भने होइन। यसअघि मिस कलेज-२००९ मा सहभागी भएर मुख्य उपाधि जितिसकेकी नगमा दुई वर्षपछि पुनः प्रतियोगिताको मैदानमा उत्रिएकी हुन्। मिस नेपाल प्रतियोगिता एउटा ठूलो प्लेटर्फम भएकाले आफूले यसका लागि दुई वर्ष सेल्फ पि्रपरेसनमा समय खर्च गर्ने नगमाको कथन छ। मिस नेपालमा सहभागी हुनुपछाडिको कारण बताउँदै नगमा भन्छिन्- 'यो प्लेटर्फमबाट म देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छु।' भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी नगमाको विशेष अभिरुचि चित्रकला र चेसमा छ। राम्रो उचाइका साथ, आफ्नो इच्छाशक्ति र म गर्न सक्छु भन्ने भावनाकै कारण उनी आफूलाई मिस नेपाल उपाधिको प्रबल दाबेदार मान्छिन्।
प्रतियोगी नम्बर ५
नाम ः शुभेच्छा खड्का
ठेगाना ः जवलाखेल, ललितपुर
उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ६ इन्च
तौल ः ५५ किलोग्राम।
आमा-बुबाको प्रेरणा र सानै उमेरदेखि पेजेन्टमा सहभागी हुने चाहनाका कारण शुभेच्छाले मिस ई-कलेज-२०१० मा पहिलो पटक सहभागिता जनाइन्। उक्त प्रतियोगितामा उनले भ्यूअर च्वाइस र क्याटवाक विधामा एवार्ड पनि पाइन्। जीवनलाई लर्निङ प्रोसेस मान्ने शुभेच्छा अझ नयाँ कुरा सिक्न, आफूलाई निखार्न तथा प्रतियोगिताको ठूलो अवसरमा अघि बढ्ने चाहना पूरा गर्ने उद्देश्यसहित उनी यस पटक मिस नेपाल प्रतियोगीका रूपमा उभिएकी छिन्। डब्लुएलसी कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत खड्काको सफल व्यवसायी हुने चाहना छ भने उनलाई बास्केटबल, ब्याडमिन्टन तथा भ्रमणमा रुचि छ। आफू जे हो त्यही रूपमा प्रस्तुत हुन सके सोचेजस्तो सफलता प्राप्त हुन्छ भन्ने उनको सोच छ। आत्मविश्वास एवं सकारात्मक सोच पनि आफू उपाधि विजेता हुने आधार भएको खड्काले बताइन्।
प्रतियोगी नम्बर ६
नाम ः बन्दना तण्डुकार
ठेगाना ः कुपन्डोल, ललितपुर
उमेर ः २३ वर्ष
उचाइ ः ५ फिट ६ दशमलव २ इन्च
तौल ः ६३ किलोग्राम।
नेपाल इन्जिनियरिङ कलेजमा आर्किटेक्चर विषयमा स्नातक तहमा अध्ययनरत बन्दनाले यसअघि मिस नेवाः-२००७ मा सहभागिता जनाएर सेकेन्ड रनर्सअपको उपाधि हात पारेकी छिन्। अध्ययनमै समय खर्च गर्दै आएकी बन्दनालाई समाजमा केही गरेर देखाउने चाहना छ, तर उनलाई त्यसका लागि आफ्नो कुरा सुन्नेहरूको जमात पनि ठूलै हुनुपर्छ भन्ने कुराको पनि राम्रो हेक्का छ। उनले मिस नेपाल भए यो कुरा पूर्ति हुने सम्भावना देखेकी छिन्। सकारात्मक सोच, एड्जस्ट हुन सक्ने गुण र क्षमता तथा आफ्नो सुन्दर मुस्कानलाई उनी मिस नेपाल उपाधिमा आफ्नो नाम लेखाउन दरिलो आधार मान्छिन्। बन्दनालाई विशेष गरी ट्राफिक जाम र बाटोमा हिंड्दा असभ्यता प्रदर्शन गर्नेहरू मन पर्दैनन्। आफ्नो कला-संस्कृति र परम्परामा उनको रुचि छ भने बन्दना खेलकुदमा पनि उत्तिकै चाख राख्छिन्।
प्रतियोगी नम्बर ७
नाम ः हिना श्रेष्ठ
ठेगाना ः मेची नगर १३
झापा, उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ४ इन्च
तौल ः ६३ किलोग्राम।
'मिस पूर्वाञ्चल-२०१२' मा सेकेन्ड रनर्सअपको उपाधि जितेपछि थप उत्साहित भएकी हिना आफ्नो इमेजको आकार बढाउन र नयाँ कुरा सिक्ने चाहनासहित यस पटकको मिस नेपाल प्रतियोगितामा सहभागी भएकी हुन्। उनको विचारमा मिस नेपाल कार्यक्रम आफूलाई सबै द ृष्टिकोणबाट निखार्ने राम्रो प्लेटर्फम हो। आफ्नो आत्मविश्वासलाई हिना मिस नेपाल विजेता बनाउने मुख्य आधार मान्छिन्। उनलाई आफूले विश्वास गर्ने व्यक्तिले आफूमाथि विश्वास नराख्ने बानी मन पर्दैन भने उनी गीत संगीत, नृत्य एवं भ्रमण विशेष रुचि राख्छिन्। सक्षम महिला बन्ने लक्ष्य बोकेकी हिना हाल डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनरत छिन्।
प्रतियोगी नम्बर ८
नाम ः प्रशंसा राणा
ठेगाना ः कालिकास्थान, काठमाडौं
उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ५ इन्च
तौल ः ५३ किलोग्राम।
माल्पी इन्टिच्युटबाट ए लेभल ग्य्राजुएट प्रशंसालाई नृत्य, गीत संगीत तथा भ्रमणमा रुचि छ। उनी भविष्यमा सफल उद्यमी बन्न चाहन्छिन् र विशेष गरी आफ्नो बुबाको व्यवसायलाई अझ विस्तार गर्ने चाहना राख्छिन्। मिस नेपाल प्रतियोगिताको अनुभव प्रशंसा लागि नौलो होइन। कारण उनको यो दोस्रो पटकको सहभागिता हो। गत वर्षको मिस नेपाल प्रतियोगितामा सहभागी भएर टप टेन चरणसम्मको अनुभव सँगाले की छिन् प्रतिभाले। प्रायः सबैले हरेक कुरामा सेकेन्ड चान्सको अपेक्षा राख्छन् भने मिस नेपाल प्रतियोगिता मात्र यसको अपवाद हुनुहुँदैन भन्ने सोचसहित उनी सेकेन्ड चान्स उपयोग गर्न मिस नेपाल प्रतियोगिताको प्रतिस्पर्धी बन्न आएकी हुन्। उनको विचारमा यस पटकको प्रतिस्पर्धा अन्य प्रतिस्पर्धीसित मात्र नभै आफैंसित पनि छ। कारण उनी आफूलाई यस पटक गत वर्षको भन्दा सुधार्न चाहन्छिन्। दृढ निश्चय, लगनशीलता र आफूमाथिको विश्वासका कारण उनी आफूलाई यस पटकको विजेताका रूपमा देख्छिन्।
प्रतियोगी नम्बर ९
नाम ः नीलम चन्द
ठेगाना ः महेन्द्रनगर
उमेर ः २४ वर्ष
उचाइ ः ५ फिट ५ इन्च
तौल ः ५२ किलोग्राम।
जन्मस्थान महेन्द्रनगर भै हाल राजधानी सहरलाई आफ्नो कर्मथलो बनाउँदै आएकी नीलम नयाँ बानेश्वरमा बस्दै आएकी छिन्। त्रिचन्द्र कले जमा इन्भाइरोमेन्टल साइन्समा स्नातक गरिरहेकी नीलम आफूलाई लजालु र इन्ट्रोभर्ट भन्न रुचाउँछिन् र पनि आफू सहयोगी भएको उनको विचार छ। उनको रुचि परिवार र साथी संगिनीसितको रमाइलो, भ्रमण, खेलकुद एवं कविता-लेखनमा छ। चन्दको धारणा प्रतिस्पर्धाबाट आफूमा भएको कमी-कमजोरी सुधारेर आफूमा निखार ल्याउन मद्दत प्राप्त हुन्छ भन्ने छ। आफू कम बोल्ने र अरूसित इन्टरएक्ट गर्न असहज हुने भएकाले मिस नेपालको प्लेटर्फम त्यसका लागि सहयोगी भएको उनको कथन छ। मिस नेपालको प्लेटर्फममा सुदूरपश्चिमलाई चिनाउन पनि आफू यस पटकको मिस नेपालकी हिस्सा भएको उनको विचार छ।
प्रतियोगी नम्बर १०
नाम ः दिलाशा जीसी
ठेगाना ः पोखरा
उमेर ः २२ वर्ष
उचाइ ः ५ फिट ५ इन्च
तौल ः ५० किलोग्राम।
मिस कलेज-२००९ को अनुभव सँगालेकी दिलाशाको आफ्नै विज्ञापन एजेन्सी सञ्चालन गर्ने उद्देश्य छ। हाल प्रतियोगिताकै लागि कुपन्डो लस्थित एक होस्टलमा रहेकी दिलाशा भ्रमण एवं नृत्यमा रुचि राख्छिन्। उनलाई निद्रा पनि अति प्यारो लाग्छ। उनी आफू शान्त स्वभावकी भएको बताउँछिन्, तर उनी समुद्र शान्त हुँदैमा सधैं स्थिर नभएझैं आफूभित्र पनि चाहना र आफूलाई प्रमाणित गर्ने आँधी लुकेको दाबी गछिर् न्। पर्यटकीय सहर पोखराबाट मिस नेपालको प्लेटर्फममा प्रस्तुत भएकी दिलाशा हाल पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए सातौं से मेस्टरमा अध्ययनरत छिन्।
प्रतियोगी नम्बर ११
नाम ः रश्मिता महर्जन
ठेगाना ः इमाडोल, ललितपुर
उमेर ः २१ वर्ष
उचाइ ः ५ फिट ६ इन्च
तौल ः ५० किलोग्राम।
एनसीआइटीमा स्नातक तह अध्ययनरत रश्मिता मेगा मोडल सिजन टुकी विजेता पनि हुन्। उनले केही मोडलिङ एसाइन्मेन्ट पनि भ्याइसकेकी छिन्, तर उनी आफ्नो परिचय यतिमा सीमित राख्न चाहन्नन्। उनी मिस नेपाललाई सुन्दर सपना मान्छिन्। सुन्दर यस अर्थमा कि विजेताको मुकुट पहिरिन्छ र सपना यस अर्थमा कि यसबाट अवसरका अनेकन् मार्ग प्रशस्त हुन्छन्। आफूलाई प्रमाणित गर्न जिम्मेवारीहरू थपिनेछन्। उनकै भाषामा भन्नुपर्दा त्यो प्लेटर्फमर् जहाँबाट गर्ल एउटी पावरफुल लेडीका रूपमा डेभलप हुन्छिन्। भविष्यमा डेन्टिस्ट बन्ने लक्ष्य लिएकी रश्मितामा गायन, नृत्य एवं कविता-लेखनको सौख छ।
प्रतियोगी नम्बर १२
नाम ः अञ्जली प्रधानाङ्ग
ठेगाना ः बुटवल
उमेर ः २० वर्ष
उचाइ ः ५ फिट ४ इन्च
तौल ः ५८ किलोग्राम।
बुटवल घर भै हाल खुमलटारमा बस्दै आएकी अञ्जलीको लक्ष्य व्यवसायी बन्ने छ। उनलाई जान्दै नजानी अरूका बारेमा अभिव्यक्ति दिने प्रव ृत्ति मन पर्दैर्न। अञ्जली आफूलाई लगनशील र कुनै पनि कुरा सिक्न रुचाउने तथा एडप्टेबल भन्न मन पराउँछिन्। मिस टिन नेपाल-२०१० की फस्ट रनर्सअप अञ्जलीले आफूलाई एक्सप्लोर गर्न र आफ्ना सकारात्मक तथा बलिया पक्षहरूका बारेमा अझ बुझ्न मिस नेपाल प्रतियो गिताको सहभागीका रूपमा आफूलाई उभ्याएकी हुन्। उनी आफूलाई स्पिकर मान्छिन् अर्थात् उनी वाकपटु छिन्। आत्मविश्वास, आकर्षक व्यक्तित्व एवं लगनशीलताले आफूलाई यस पटकको विजेताका रूपमा उभ्याउने कुरा उनले बताइन्। अञ्जली हाल युके बोर्डअन्तर्गतको सिए अध्ययन गरिरहेकी छिन्।
प्रतियोगी नम्बर १३
नाम ः प्रोनिका शर्मा
ठेगाना ः वीरगन्ज
उमेर ः २१ वर्ष
उचाइ ः ५ फिट ४ इन्च
तौल ः ५० किलोग्राम।
हाल नयाँ बानेश्वर शंखमूलमा बस्दै आएकी वीरगन्जकी प्रोनिकालाई हैदरावादी बिरयानी, चिकेन रोस्ट, काँक्रो तथा आलुको अचार स्वादिलो गरी बनाउन आउँछ। दक्षिण भारतका अधिकांश स्थानको भ्रमण गरेकी शर्मा भविष्यमा सफल बजार व्यवस्थापक बन्न चाहन्छिन्। कारण उनी १० देखि ५ को जागिरमा एकै ठाउँमा अडिन सक्छिन्। उनको पढाइ पनि मार्केटिङ विषयमै अघि बढिरहेको छ। थापाथलीस्थित एभरेस्ट कले जमा हाल उनी बिबिए आठौं सेमेस्टरकी विद्यार्थी हुन्। प्रोनिका मिस नेपाललाई आफ्नो प्लस र माइनसका सम्बन्धमा जान्ने अवसर तथा आफूलाई प्रमाणित गर्ने भरपर्दो प्लेटर्फम मान्छिन्। आत्मविश्वास, क्षमता, लगनशीलता एवं अरूलाई प्रभावित गर्न सक्ने गुणलाई उनी आफू मिस नेपाल हुन सक्ने आधार बताउँछिन्।
प्रतियोगी नम्बर १४
नाम ः अकेशा विष्ट
ठेगाना ः नयाँ बानेश्वर, काठमाडौं
उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ८ इन्च
तौल ः ५५ किलोग्राम।
एस इन्टिच्युट अफ म्यानेज्मेन्टमा ए लेभलकी विद्यार्थी अकेशालाई मुखमा रामराम बगलीमा छुरा प्रवृत्ति भएकाहरू मन पर्दैनन्। चाइनिज परिकार पनि उनलाई मन नपर्ने कुराको सूचीमा पर्छ। उनको रुचि भने भ्रमण, चित्रकला एवं उपन्यास अध्ययनमा छ। टिटिभीमा भिजेका रू पमा परिचय बनाएकी अकिशाले केही मोडलिङ एसाइन्मेन्टको अनुभव पनि सँगालेकी छिन्। मिस नेपाल उनका लागि सपना हो। मिस ने पालका सम्बन्धमा बुझेदेखि नै यसको अनुभव सँगाल्ने चाहना उनमा थियो। उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, इमान्दारिता र आफू जे हुँ त्यही नै प्रस्तुत गर्न सक्ने खुबीले आफूलाई यस पटकको विजेताका रूपमा उभ्याउने उनको कथन छ।
प्रतियोगी नम्बर १५
नाम ः सविता मानन्धर
ठेगाना ः जोरपाटी
काठमाडौं, उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ५ इन्च
तौल ः ५९ किलोग्राम।
सफल नर्स बन्ने लक्ष्य बोकेकी सविताको रुचि अध्ययन, मित्रता एवं आफूलाई सोसलाइज गर्नेमा छ। उनलाई कीराहरूदेखि एक किसिमको घ ृणा छ। गोल्डेन गेट इन्टरनेसनल कलेजबाट दस जोड दुईको अध्ययन पूरा गरेकी सविता मिस नेपाल प्रतियोगितालाई आफ्नो पोटेन्सियल निखार्ने, प्रोफेसनल रूपमा आफूलाई अघि बढाउने तथा कसरी सोसलाइज हुने भन्ने विषयमा राम्रोसँग बुझ्ने एउटा दरिलो प्लेटर्फम मान्छिन्। उनी मिस नेपालको मुकुट विजेतालाई भने वन्डर वुमेनको संज्ञा दिन रुचाउँछिन् जसले आफ्नो बौद्धिकता एवं सुन्दरताबाट नेपाललाई अन्तरार् ष्ट्रिय मञ्चमा चिनाउने जिम्मेवारी बोकेकी हुन्छिन्।
प्रतियोगी नम्बर १६
नाम ः अलिसा कुँवर
ठेगाना ः कीर्तिपुर
उमेर ः १९ वर्ष
उचाइ ः ५ फिट ७ इन्च
तौल ः ५५ किलोग्राम।
अलिसालाई गीत संगीत एवं उपन्यासमा रुचि छ। उनी हाल पाओलो कोयलोको उपन्यास अल्चामिस्ट पढ्दै छिन्। उक्त उपन्यासको मूल मर्म आफ्नो सपनालाई पछ्याउनु रहेको कुँवरले बताइन्। उनी मिस नेपाल प्रतियोगितालाई आफ्नो सपना मान्छिन्। त्यसो त अलिसाले मिस टिन नेपाल-२०१० मा सेकेन्ड रनर्सअपसम्मको यात्रा तय गरिसकेकी छिन्। उनलाई आफ्ना बारेमा अझ बढी एक्सप्लोर गर्नु छ, नयाँ अनुभव स ँगाल्नु छ। अतः उनी फेरि प्रतियोगिताको मैदानमा उत्रिएकी छिन्। त्रिनिटी इन्टरनेसनल कलेजबाट दस जोड दुईको पढाइ पूरा गरेकी कुँवर भविष्यमा मनोवैज्ञानिक बन्न चाहन्छिन्।
प्रतियोगी नम्बर १७
नाम ः इन्दिरा राई
ठेगाना ः धरान
उमेर ः २२ वर्ष
उचाइ ः ५ फिट ५ इन्च
तौल ः ५९ किलोग्राम।
इन्दिरालाई यस्ता प्रतियोगिताको मञ्च नौलो होइन। यसअघि मिस पूर्वाञ्चल-२०१० मा टप टेनसम्मको यात्रा तय गरेकी राई आफूलाई बोल्ड, पिस र डार्कनेसको संज्ञा दिन्छिन् र सोही अनुरूप आफूलाई रातो, सेतो र कालो रंगसित तुलना गर्छिन्। धरानस्थित महेन्द्र मल्टिपल क्याम्पसमा एमबीएस पहिलो वर्षकी विद्यार्थी इन्दिरालाई आउटडोर गेम्स तथा मोडलिङमा विशेष रुचि छ। उनको विचारमा मिस नेपाल प्रतियोगिता आफूलाई चिन्ने तथा अरूका माझ आफूलाई चिनाउने राम्रो अवसर हो। आत्मविश्वास, राष्ट्रलाई चिनाउन सक्ने क्षमता, लगनशीलता एवं आफूमाथिको विश्वासलाई उनी आफू मिस नेपाल हुने बलियो आधार बताउँछिन्।
No comments:
Post a Comment