Home » » साकिरा नेपाल आउने

साकिरा नेपाल आउने

Written By ram dhakal on Saturday, April 21, 2012 | 9:44 PM


चर्चित गायिका साकिरा नेपाल आउँदैछिन् अर्थात् अब नेपालीहरूले साकिरालाई प्रत्यक्ष सुन्न र हेर्न पाउनेछन्। विश्व चर्चित को लम्बियन पप गायिका साकिरा नेभेदालाई काठमाडौंमा भेट्न केही महिना भने कुर्नैपर्नेछ। योजनाअनुसार काम भए साकिराले आउँदो असोज ७  गते टँुडिखेलमा भेला हुने नेपालीलाई फ्यानहरूलाई नचाउनेछिन्।

उनको एसिया भ्रमणको अवसर छोपेर आयोजक ओडिसी इन्टरटेन्मेन्टले साकिरालाई नेपाल ल्याउन लागेको हो। नेपालमा साकिरालाई ल्याउने   प्रारम्भिक कार्य सम्पन्न भएकाले उनको फ्यान क्लब पनि खोलिएको ओडिसी इन्टरटेन्मेन्टका कार्यकारी निर्देशक सिमान्त गुरुङले  साप्ताहिकलाई बताए। 'नेपालमा शाकिरा आउने निश्चित भएको छ,' गुरुङले भने- 'उनीसँग भेट्न हाम्रो टोली वैशाखको तेस्रो साता -१९ गते)  अमेरिका जाँदैछ।' भनिन्छ, त्यही भ्रमणका क्रममा साकिरासँग काठमाडौं कन्सर्टका सम्बन्धमा अन्तिम हस्ताक्षर हुनेछ। यसअघि साकिराले  छिमेकी मुलुकमा भारतमा प्रस्तुति दिईसकेकी छिन्। साकिराका करोडौं दर्शक र समर्थक संसारभर छन्। उनको क्रेज नेपालमा पनि कम छैन।  साकिराले गत वर्ष हलिउडको प्रतिष्ठित वाल्क अफ फेम पुरस्कार पाएकी थिइन्। उनी हलिउडमा यति ठूलो सम्मान पाउने पहिलो को लम्बियन नागरिक हुन्। यसअघि क्यानेडियन गायक ब्रायन एडम्स र डेनिस ब्यान्ड एमएलटीआरलाई नेपालमा ल्याएर कार्यक्रम गर्न सफल  ओडिसी नेटवर्क तथा जेपिआरसँग सम्बद्ध सीमान्त गुरुङले खोलेको संस्था ओडिसी इन्टरटेन्टमेन्टले साकिरालाई नेपाल ल्याउन लागेको हो।  भर्सटाइल गायिका साकिरा फिफा वल्र्डकप-२०१० को थिम गीत वाका वाका गीत गाएर चर्चाको शिखरमा पुगेकी थिइन्। त्यसो भए  साकिराले नेपाल आएर पक्कै भन्ने छिन्- दिस टाइम फर .....नेपाल।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger