भुवन केसीलाई के के भनेर चिन्ने ? कुनै समयका गायक भुवन सफल कलाकार हुन् अनि सफल निर्माता पनि । तर भुवन केसीको परिचय यति मात्र हैन । सिने समिक्षकहरू भुवनलाई पाँच बिशेषता भएको ब्यक्ति भनेर सम्बोधन गर्न रूचाउँछन् । नेपाली चलचित्रको ईतिहासमा सवैभन्दा धेरै हिट सिनेमा दिने अभिनेताको रूपमा भुवनको नाम पहिलो नम्बरमा आउँछ । तीन दशक अभिनय यात्राको क्रममा भुवनले १ सय २० भन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् जस मध्ये उनले अभिनय गरेका अधिकांश सिनेमा सम्झन योग्य छन् । त्यसमध्ये पनि उनीद्धारा अभिनित कुसुमे रूमालको बारेमा थाहा नपाउने सायदै होलान् । यस्तै अरूको ब्यानरमा अभिनय गरेर भुवन जति सफल र चर्चित छन् सोही अनुरूप होम प्रोडक्सनका आफ्ना फिल्मबाट यिनी त्यतिकै सफल भएका छन् । भुवनले जोईन्ट भेन्चरमा बनाएको सपना होस वा आफ्नो ब्यानरको करोडपति सुपरहिट हुँदा यिनको तारिफ स्वदेशमा मात्र हैन विदेशमा पनि भयो । यस्तै भुवनको होम प्रोडक्सन काजोल फिल्मसको सुपरस्टार बाहेक सवै सिनेमा सुपरहिट छन् । त्यसैले भुवनको परिचय दोस्रो नम्बरमा राम्रो मेकरको रूपमा आउँछ । मेकरको रूपमा सफल बिशेषता पश्चात भुवन केसी सिने उद्योगमा स्क्याण्डल म्यानले परिचित छन् । बारम्बार आफ्नै श्रीमतीसंगको ब्रेकअप र प्याचअपले गसिप म्याटर बन्ने भुवन पछिल्लो समय शर्मिला डङगोल काण्डले थप चर्चामा आए तर नकारात्मक रूपमा । जुन खबरलाई समिक्षकहरू उनको तेस्रो बिशेषता भन्न रूचाउँछन् । ![]() भुवन केसीको जस्तो पर्सनालिटी पछिल्लो समय आएका कुनै पनि अभिनेताहरूले देखाउन सकेका छन् । त्यसैले उनी चौथो नम्बरमा सदाबहार अभिनेताको रूपले अझै परिचित छन् । सिने स्टार भएपछी कुन ठाउँमा कस्तो पहिरन लगाउनु पर्छ भन्ने सेन्स अन्य अभिनेतामा त्यति देख्न पाईदैन तर भुवन जस्तो सुकै सानो कार्यक्रममा पनि चिटिक्क परेर आउदा उनको पर्सनालिटीको तारिफ गर्न जो कोही पछि पर्दैन । अझ पचास काटिसकेका भुवनको अनुहारको चमकता र चिटिक्क परेको घोप्टे जुङ्गाबाट प्रभावित नहुने त सायदै होलान् । त्यसैले चौथो नम्बरको बिशेषतामा उनी सदाबहार र स्ट्याण्डर्ड मेन्टेन गर्ने अभिनेताको रूपमा परिचित छन् । यस्तै पाँचौ बिशेषताको रूपमा भुवन जुन सुकै उमेरका कलाकारसंग सिनेमा खेल्न रूचाउने बिशेषता भएका कलाकार हुन् । जसको पछिल्लो उदाहरण उनको सिनेमा 'साथी म तिम्रो' आउँछ । 'साथी म तिम्रो' मा पाँच बर्षे बालक शिर्षक सापकोटासंग उनको समानान्तर अभिनय छ । बालकसंगको समानान्तर अभिनयमा समेत जमेका भुवनको यस किसिमकोसिनेमा अभिनय यात्रालाई सिने जर्नलिष्ट नरेश भट्टराई मुक्त कण्ठले प्रशंशा गर्छन् । संगीतकार चेतन सापकोटाका सुपुत्र शिर्षकलाई भुवनले महिनौको ग्रुमिङ पश्चात सिनेमाको लिड क्यारेक्टरमा खेलाएका हुन् । जुन सिनेमा उनको काँधमा छ र भुवन पनि भन्छन्, 'यो सिनेमाको हिरो म हैन शिर्षक हो । |
भुवन केसीका पाँच कुरा
Written By ram dhakal on Saturday, February 25, 2012 | 7:20 PM
Labels:
News
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment