Home » » आर्यनले भने - 'केकीको के राम्रो के राम्रो'

आर्यनले भने - 'केकीको के राम्रो के राम्रो'

Written By ram dhakal on Saturday, February 25, 2012 | 7:22 PM



त्यसो त चलचित्र आई एम सरीको प्रोमोहरु विभिन्न टेलिभिजनमा रिलिज भए देखी नै प्राय चलचित्रकर्मीहरुले र दर्शकले अनुमान लगाएका हुन् कि नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको जोडी राम्रो मिलेको छ भनेर नभन्दै चलचित्र रिलीज भए पछि पनि त्यस्तै भयो उनीहरुको जोडी चलचित्रमा राम्रैसंग जमेको पाईयो ।

सुन्दर नायिका र हेण्सम नायकको जोडीले चलचित्र हेर्ने दर्शकलाई उनीहरु रिल मात्रै नभएर साँच्चिकै रियलमा पनि जोडी त होईनन् भन्ने शंका उब्जाई दियो । प्राय जसो नायिकाहरुसंग चलचित्रको काम सकिए पछि त्यति सम्पर्कमा रहन नचाहने नायक आर्यन सिग्देल नायिका केकी अधिकारीसंग भने राम्रैसंग नजिकीएका रहेछन् ।

चलचित्र आई एम सरीको प्रमोसनको लागी देश दौडाहमा निस्केको यो युनिट हिजो पोखरा आएको थियो । त्यसै क्रममा पोखराको बिग एफएममा अर्न्तवार्ताको क्रममा आर्यनले केकीको दिल खोलेर तारीफ गरे । उनले केकीको कामको मात्र होईन सुन्दरताको पनि खुलेर बयान गरे । अर्न्तवार्ताको क्रममा होस् या वाहिर आर्यनले केकीलाई भन्दै थिए, ‘केकीको के राम्रो के राम्रो ।’ उनले यसो भनिरहदा केकी पनि मन्द मुस्काउँदै भन्दै थिईन, 'हजुर पनि के राम्रो के राम्रो ।’ केकीले भन्दा पनि आर्यनले बारम्वार केकीको विभिन्न शैलीमा बयान गरि नै रहन्छन् । ‘केकी तिमी आज भोली झन् किन यति राम्री भएकी म त हेरेको हेरै भएँ ।' त्यो त हेर्ने आँखा नै राम्रो भएर हो भन्दै केकीले उत्तर दिई हालिन् ।
केकी पनि आर्यनको तारिफ गर्न कहिँ पछि पर्दिनन् । यस्ता कुराले कतै आर्यन र केकी एकअर्काका लागी सांचिकै मन पराउँछन् की भन्ने शङका जगाई दिएको छ । उनीहरु एकअर्कासंगै हुँदा आफुहरुलाई कम्फर्ट महसुस गरिरहेको बुझिन्छ । आफ्नो फेसबुकमा प्राय निराश स्टाटसहरु लेख्ने आर्यन केकीको साथमा हुँदा संसारमा सबै भन्दा खुसी छन् जस्ता देखिन्छन् । अनि केकी पनि आर्यन साथमा हुँदा इन्जोय गरेको जस्तो देखिन्छिन् ।

'सुटिङको बेला सुरुसुरुमा त स्टार जस्तो लाग्थ्यो पछि म आँफै बोलाउँथें काम गर्दै जाँदा नजिक भैईयो', आर्यन सुनाउँदै थिए त्यै विचमा केकीले भनिन्, ‘त्यस्मा पनि हाम्रा निर्माता ज्यु र निर्देशक ज्युले पनि चलचित्र पुरा गर्न धेरै समय लगाई दिनाले हामीलाई फाईदा भयो नि ।’ एउटै उधोगमा काम गर्ने कलाकार यसरी मिल्नु पक्कै पनि पुरै चलचित्र क्षेत्रको लागी खुसीको कुरा त छँदै छ त्यो भन्दा पनि उनिहरु दुबै जना एक अर्काको साथमा खुसी भएको देख्दा उनिहरुको फ्यानलाई झन ठुलो खुसी हुन सक्छ । जे होस आर्यन र केकी दुबैलाई बधाई । 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger