Home » » पोखराका पत्रकारले हेरे 'मिस यु'

पोखराका पत्रकारले हेरे 'मिस यु'

Written By ram dhakal on Saturday, February 25, 2012 | 7:24 PM



पोखराका अधिकांश पत्रकारले आज शनिबार चलचित्र मिस यु हेरे । पोखराको श्रीकृष्ण चलचित्र घरमा दोस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र मिस यु पत्रकारलाई हेर्नका लागी निर्देशक सुरेश दर्पण पोखरेलले उक्त चाँजोपाँजो मिलाएका हुन् ।

शुक्रबार पोखरा आएका दर्पणले पोखराका पत्रकारहरुलाई चलचित्र हेर्नको लागी आग्रह गरेका थिए । चलचित्र हेरेपछि पत्रकारबाट केहि केमेन्टको आश गरेका दर्पणले अन्त्यमा मात्र  कम्प्लीमेन्टस पाए । चलचित्र हेरिसके पछि पत्रकार मनोज घर्तिले चलचित्र आफुलाई मन परेको प्रतिकृया दिए । ‘चलचित्र लब स्टोरी बेसमा छ तर पनि यो चलचित्र सन्देश दिने खालको लाग्यो मलाई', उनले थपे, 'नेपालका अधिकाश युवा रोजगारीका लागी बिदेशमा रहने र धेरैको कथा मिस युसंग मिल्ने भएकाले चलचित्रले युवायुवतीको लागी धेरै कुरा सिकाएको छ ।'

त्यस्तै अर्का पत्रकार रेम बिकले चलचित्र दर्पणछाँया जस्तो लागे पनि मेकिङ, लोकेसन र कलाकारको कामको हिसावले उत्कृष्ट बनेको प्रतिकृया दिए । पत्रकारकारबाट राम्रै तारिफ पाएका सुरेशले यो कुराले आफुलाई आगामी चलचित्रको लागी हौसलासंगै अझ राम्रो चलचित्र बनाउनको लागी जिम्मेबारी थपिदिएको बताए ।

नायक दिलिप रायमाझी निर्मित चलचित्र 'मिस यु' अहिले देशभरका मुख्य स्टेशनमा सफलताका साथ प्रदर्शन भईरहेको छ भने देश बाहिर पनि प्रदर्शनको क्रममा छ । कतारमा भने गत साता नै प्रदर्शन भएर राम्रो प्रतिक्रिया मिस युले पाईसकेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger