Home » » सन्त्रासका निर्देशकले हात झिक्ने

सन्त्रासका निर्देशकले हात झिक्ने

Written By ram dhakal on Sunday, February 6, 2011 | 10:39 AM

मनोज केसीको निर्माणमा भुतको कथामा आधारित फिल्म 'सन्त्रास' निर्देशन गर्ने जिम्मा पाएका  निर्देशक दिनेश कार्कीले सो चलचित्रबाट हात झिक्ने संकेत देखाएका छन् ।


चेतना मुलक विभिन्न टेलिचलचित्र निर्देशन गरिसकेका कार्कीले सो चलचित्रको एक गीतको छायाकंन केही साता अघि चरिकोट पुगी सम्पन्न पनि गरेका थिए । छायाकंनको  लागि कथाको कन्सेप्टमा पूर्ण रुपमा आफू तयार नभई  निर्माता केसीले सुटिङ्गमा जान दवाव दिएकोले सो चलचित्र निर्देशन गर्न मन नलागेको निर्देशक कार्कीले खुलासा गरेका छन् ।
 

निर्देशक कार्कीले निर्मातासँग सो फिल्मको कथा  ब्यवसायिक भएकाले त्यसको कथाबस्तु बुझ्न  केही समय आफूले माग गरेको पनि बताए । जस अनुरुप कथालाई गहिरो रुपमा बुझ्न उनले केही दिन यता गौशालाको  बनकाली गई दैनिक चार घण्टाका दरले  एक्लै अध्ययन पनि गरिरहेको बताए । 'म आफू तयार नभई छायाकंनमा जाँदिन तर दवाव बढे फिल्मबाट हात झिकिदिन्छु', कार्कीले फिल्मीखबरसँग भने ।

नेपाली चलचित्र उद्योगमा  निर्देशकको भिजनलाई निर्माताले यसरी दवाव दिनु यो पहिलो  घटना भने हैन । दवावमा रहेर फिल्म बनाउने बाध्यताले नेपाली  चलचित्रको स्तर  बृद्धि नहुनु एक प्रमुख कारण पनि हो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger