Home » » बक्स अफिस फिल्म फुटबल लिग शनिबारबाट

बक्स अफिस फिल्म फुटबल लिग शनिबारबाट

Written By ram dhakal on Thursday, February 3, 2011 | 4:13 AM


ए.बि म्यूजिक एण्ड फिल्म प्रोडक्सन प्रालिद्धारा प्रकाशित सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक, तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी
कार्यक्रम दि बक्स अफिसले तेस्रो पटक आयोजना गर्न लागेको 'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' माघ २२ गते अर्थात पर्सी शनिबार हेटौडामा  सुरू हुने भएको छ ।

चलचित्र लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धीत कालकारहरूलाई साथमा लिएर आयोजना हुन लागेको उक्त प्रतियोगितामा रंगपत्रकारहरूपनि मैदानमा ओर्लन छन् । हेटौडाको हुप्राचौर रंगशालाबाट पहिलो गेम सुरू हुने उक्त लिगमा बिजय हुने प्रथम टिमलाई नगद रू ३ लाख र द्वत्तियलाई २ लाख प्रदान गरिने छ । लिगको पहिलो खेलमा रंगपत्रकार र गायक/गायिका, दोस्रो माघ २८ गते शनिबार धरान रंगशालामा चलचित्र निर्माता र मोडिङ्ग क्षेत्रका ब्यक्ति, फागुन ६ गते तेस्रो गेममा काभ्रेको बनेपा स्थित चाईना टाउनमा टेलिचलचित्रका कलाकार र चलचित्रका निर्देशक, फागुन १४ गते एन्फा क्लब बुटवलमा चलचित्र कलाकार र नृत्यकार मैदानमा भिड्ने छन् । 

यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट चार हुने टिमको सेमिफाईनल फागुन २१ गते शनिबार पोखरा रंगशाला र काठमाण्डौको सानो गौचरणमा २८ गते हुदैछ । साथै सेमिफाईनलमा उत्कृष्ट हुने दुई  टिमको फाईनल खेल चैत २५ गते रामनवमीका दिन दशरथ रंगशालामा  भब्यताका साथ आयोजना हुने  छ । यस्तै हेटौडामा हुने पहिलो खेलमा सहभागी हुन पत्रकार र गायक/गायिकाको टोली भोली शुक्रबार त्यसतर्फप्रस्थान गर्ने कार्यक्रम रहेको सो लिगका संयोजक एव सञ्चारकर्मी आर.के. सुबेदीको भनाई छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger