Home » » निर्देशक बन्दैछिन् करिश्मा

निर्देशक बन्दैछिन् करिश्मा

Written By ram dhakal on Sunday, February 6, 2011 | 10:40 AM



एक समयकी  सुपर स्टार नायिका करिश्मा मानन्धरले चाडै नै फिल्म निर्देशन गर्ने भएकी छिन् । विविध कारणबस केही बर्षे अमेरिकी बसाईपछी  सधैको लागि नेपाल फर्किएकी
मानन्धरले अबको ६ महिना भित्रमा आफ्नो निर्देशनमा बन्ने फिल्म  घोषणा गर्ने छिन् । सम्भवत सो फिल्म उनकै होम प्रोडक्सनमा बन्ने छ ।

होम प्रोडक्सनको  सम्भव नभए गोपीकृष्ण मुभिजको प्रोजेक्ट भएपनि उनलॆ निर्देशन गर्ने बताएकी छिन् । जस अनुरुप आफुलाई  निर्माता उद्धव पौडेलले पनि गोपीकृष्णको ब्यानरमा निर्देशन गर्न प्रस्ताव गरेको उनको भनाई छ । आईतबार एक सुटिङको शिलशिलामा करिश्मालाई निर्माता पौडेलले आफ्नो ब्यानरमा फिल्म निर्देशन गर्न प्रस्ताव गरेका थिए । यस्तै सो प्रस्ताव गरेको थाहा पाए लगत्तै फिल्मीखबरले करिश्मालाई केही प्रश्न गर्दा उनले चाडै नै स्क्रिप्टमा बस्न लागेको बताएकी छिन् । तर त्यो प्रोजेक्ट गोपीकृष्णकै ब्यानरमा निर्माण हुन्छ भन्ने बारेमा कुनै टुङ्गो नभएको उनको भनाई छ ।

उनले निर्देशन गर्ने  फिल्ममा उनी आफू नायिका भएर खेल्ने  छैनन् । तर यहाँ त खेल्ने चलन छ नि भन्ने फिल्मीखबरको प्रश्नमा निर्देशक भएर आफैले खेले फिल्मलाई न्याय गर्न नसक्ने उनको तर्क छ । कतै यो हल्ला मात्र त हैन ? भन्ने अर्को प्रश्नमा करिश्माले भनिन्, 'यो कुरा अहिले नै बाहिर नल्याउने योजना थियो तर बाहिर आईहाल्यो ।' 
 

यस्तै आईतबार नै सोही स्थानमा सञ्चारकर्मीबाट निर्देशकको परिचय बनाएका सुरेशदर्पण पोखरेललाई पनि आफ्नो फिल्म निर्देशन गर्न  दिने उद्धवले  ग्रीन सिग्नल दिएका छन् ।  निशाना, भुल भए माफ गर, कस्लाई दिऊ यो जोवन तथा प्रोष्ट प्रोडक्सनमा रहेको दीलिप रायमाझीको मेघा प्रोजेक्टको चलचित्र मिस यू निर्देशन गरिसकेका पोखरेलको कामबाट प्रभावित भएको भन्दै पौडेलले उनलाई आफ्नो प्रोजेक्टमा आउन आग्रह गरेका छन् ।

सम्भवत सुरेश  र करिश्माले चाडै नै गोपीकृष्ण ब्यानरको फिल्म निर्देशन गर्ने छन् । कलिउड नगरीको सवै भन्दा ठूलो ब्यानर भनिएको सो ब्यानरबाट आएको प्रस्ताव देखि सुरेश पनि मख्ख छन् । सायद उद्धवले औपचारिक रुपमा सुरेशलाई फिल्म निर्देशन गर्ने जिम्मा दिए करिश्मा भन्दा अघि गोपीकृष्णको प्रोजेक्टलाई उनले सम्हाल्ने छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger