Home » » महानायकले किनीछाडे सुभेच्छाको बैंश

महानायकले किनीछाडे सुभेच्छाको बैंश

Written By ram dhakal on Saturday, February 5, 2011 | 7:09 PM

कञ्जुस एवं मधेसी पात्र भएर चलचित्र 'हात लाग्यो शून्य'bमा  अभिनय गरिरहेका महानायक राजेश हमालले नायिका सुभेच्छा थापाको बैंशलाई किनी छाडेका छन् ।


गएको आईतबार देखि छायाकंन सुरू उक्त चलचित्रको एक गीतको छायाकंनको शिलशिलामा शनिबार हमालले ग्ल्यामर भएर अभिनय गरिरहेकी सुभेच्छाको बैंशलाई  पैसाले पुजा गर्दै किनेका हुन् । पहिलो पटक नेपाली चलचित्रमा प्रयोग गरिएको अरबी नृत्य अर्थात बेली डान्समा नृत्य गरिहेका हमाल नाच्ने बेलामा शुभेच्छाको बैंश देखेरे लठ्ठीएका थिए । उता शुभेच्छा पनि नेपालका सुपरस्टार नायकलाई आफ्नो बैंश देखाउन पाउदा होसमा थिईनन् ।

बिजय विक्रम बस्नेत निर्देशित कमेडी सो चलचित्रमा हमाल निकै फरक गेटअपमा छन् । बैंश किन्दा कस्तो भयो नि भन्ने फिल्मीखबरको प्रश्नमा  उनले भने 'फरक अनुभव तर निकै रमाईलो ।' दुई दशकबढी  अभिनयको यात्रामा हमालले यो सहित  करिब ४ वटा चलचित्रका गीतमा  आईटम नृत्य गरेका छन् । सो चलचित्रको गीतलाई नृत्य निर्देशन गर्ने काम निर्देशक बस्नेतले गरेका थिए । बेली डान्समा हमाल, थापा तथा गोपाल ढाकाल
छन्देले कमेडी प्रक्रियामा अभिनय गरेका छन् ।

पाश्चात्य मुलुकमा निकै लोकप्रिय बनेको बेली डान्सको अर्थ पेट र हिप हल्लाएर नृत्य गर्नु भन्ने बुझिन्छ । गएको विश्वकप फुटबल प्रतियोगीतामा गायिका साकिराले   'वाका वाका' बोलको गीतमा यस्तो नृत्य  प्रस्तुत गरेकी थिईन्, जुन गीत र नृत्य निकै चर्चित समेत बनेको थियो ।

जसरी 'वाका वाका'  बोलको गीत  र साकिराको डान्स हिट भयो त्यसैगरी नाच्नमा केही कमजोर मानिएका हमाल र आईटम डान्समा अगाडी रहेकी शुभेच्छालाई नचाएर निर्देशक बस्नेतले नौलो चर्चा कमाउने प्रयास गरेका छन् । जुन प्रयासलाई रिलिज पश्चात दर्शकले समेत मनपराउन सक्ने  मूल्याकंन फिल्मखबरले छायाकंनको क्रममा गरेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger