Home » » वितरक मानन्धरलाई रजतपट सम्मान

वितरक मानन्धरलाई रजतपट सम्मान

Written By ram dhakal on Saturday, February 5, 2011 | 9:00 AM

पाँच बर्षअघि कान्तिपुर टेलिभिजनबाट प्रसारण आएको चलचित्र सम्बन्धी कार्यक्रम रजतपटले आफ्नो पाँचौ बार्षिक उत्सवमा  चलचित्र वितरक सुनिल मानन्धरलाई सम्मान गरेको छ ।


शनिबार राजधानीको एक स्थानमा भब्य रूपमा आयोजना गरिएको उक्त बार्षिक उत्सव कार्यक्रममा चलचित्र वितरणमा एक दशक देखि सक्रिय भएर लागेको वितरक मानन्धर सहित अनलाईन पत्रकारितामा योगदान पुर्‍याए वापत सञ्चारकर्मी मोहन डोटेललाई सयौ चलचित्रकर्मी माझ उक्त  सम्मान  प्रदान गरिएको हो । सो सम्मानलाई महानायक राजेश हमालको हातबाट बितरण गरिएको थियो । वितरक मानन्धर चलचित्र निर्मातका साथै पछिल्ला समयका निकै चलाख तथा सफल वितरक हुन् ।

कार्यक्रममा कलिउड नगरीका भुवन केसी, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर लगायतका सयौ बढी चर्चित पुराना तथा नयाँ चलचित्रकर्मीको उपस्थिति थियो । यस्तै सो कार्यक्रममा रजतपटसँग संयोजन गरि आयोजना गरिएको अनलाइन भोटिङ  मेरोसिनेमा पपुलर अवार्डको १७ विद्यामा विजयी हुने चलचित्रकर्मीलाई अर्वाड पनि वितरण गरिएको थियो ।

निकै अलोचनात्मक ढङ्गले कान्तिपुर  टेलिभिजनबाट प्रसारण हुदै आएको 'रजतपट' नेपाली सिने जगतलाई लक्षित गर्दै पहिलो पटक खरो रूपमा प्रसारणमा आएको साप्ताहिक सिने  कार्यक्रम हो  । कार्यक्रमका निर्माता तथा प्रस्तोता प्रकाश सुवेदी हुन् । उनले रजतपटलाई अझै लोकप्रिय ढङ्गमा अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger